बजारमा हेमन्तको ‘पातली...’

बजारमा  हेमन्तको  ‘पातली...’
 
विश्व न्यूज संवाददाता
काठमाडौं । 
गायक हेमन्त शर्माले ‘पातली.....’ बोलको गीत नेपाल संगित वजारमा ल्याएका छन् ।  बुधबार उनले आफ्नो निजी  युट्युब च्यानलमार्फत सो  गीत सार्वजनिक गरेका हुन् । लामो समयदेखि गायन तथा लेखन यात्रामा रहेका शर्माले निकालेको नयाँ गितमा उनको आफ्नै शब्द, संगीत तथा स्वर रहेको छ । गीतको म्यूजिक भिडियोमा एलिशा राईको साथमा गायक शर्माको समेत अभिनय रहेको छ । गीतमा श्याम श्वयत रसाईलीको संगीत संयोजन रहेको छ । 
अभिनयमा समेत दख्खल राख्ने शर्माले गितमा ग्रामिण युवाको भूमिका निर्वाह गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा शर्माकैं निर्देशन र विकास धमलाको सम्पादनमा रहेको भिडियोमा  शिव बि.कको कोरियोग्राफि रहेको छ । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा