नेपालको समावेशी समृद्धिमा प्रवासी नेपाली मञ्च, अमेरिकाको पहल

नेपालको समावेशी समृद्धिमा प्रवासी नेपाली मञ्च, अमेरिकाको पहल
 
काठमाडौँ, असार २ ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको समृद्धिको एजेन्डालाई विदेशमा रहेका नेपालीहरुले पनि आत्मसाथ गरेका छन् । यही एजेन्डाका साथ देश बाहिर रहेका नेपालीहरुले पनि काम गरिरहेका छन् । प्रवासी नेपाली मञ्च, अमेरिकाले पनि नेपाललाई आर्थिक समृद्धिको बाटोमा कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा आज एक अन्र्तक्रिया सञ्चालन गरेको छ । ‘नेपालमा समावेशी समृद्धिका सम्भावना र चुनौती’ विषय अन्र्तक्रियामा सहभागीहरुले पनि अब देशमा स्थायी राजनीतिक शूरु भएकाले देशको समृद्धि नै मूल आधार हुने बताएका छन् ।
अन्र्तक्रियामा सहभागी अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक रुपान्तर अनुसार सामाजिक विकास हुने र सामाजिक विकासकै आधारमा आर्थिक समृद्धि हासिल हुने बताए ।  
मन्त्री खतिवडाले दीर्घकालीन सोचका साथ चालु आर्थिक वर्षका लागि बजेट ल्याएको भन्दै यो सरकारले ल्याएको बजेट बलियो जग बनाउने गरी आएको उल्लेख गरे ।  
अहिले ल्याएको बजेट पार्टीको घोषणापत्र बनाउँदानै हिसाब गरी गरी बनाएको भन्दै मन्त्री खतिवडाले रेलमार्ग बनाउने, जलविद्युत आयोजना निर्माण गर्ने विषय हिसाब गरी गरी कति समयमा कति खर्च लाग्छ भनेर किटान गरी बजेट ल्याइएको र पाँच वर्षमा सरकारले लिएका लक्ष्य पूरा हुने बताए ।  
अन्र्तक्रियामा प्रवासी नेपाली मञ्च अमेरिकाका केन्द्रीय सदस्य तथा अमेरिकास्थित युनिभसिटी अफ मिनासोटाका सह–प्राध्यापक डा शतिश देवकोटाले नेपालीहरु जहाँ गएपनि देशप्रति धेरै चिन्तित रहेको भन्दै संसदमा दुई पक्षबीच आरोपपत्यारोप लगाउनुको साटो मुलुकको हितमा एकजुट हुनुपर्ने बताए ।  
नेपाल कम्युनिस्ट पार्टीका नेता समेत रहनुभएका डा विजय पौडेलले यो सरकारको आलोचना गर्ने बेला अहिले नभएको भन्दै जसरी पनि देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढ्न सरकार अग्रसर हुनुपर्ने बताए ।  
विदेशमा जाने विद्यार्थी तथा कामका लागि जाने नेपालीले देशको समृद्धिका लागि सँधै चिन्ता लिइरहने गरेको भन्दै प्रवासी नेपाली मञ्च, अमेरिकाका केन्द्रीय सदस्य थोमस बास्तोलाले यो अन्र्तक्रिया कार्यक्रममा सहभागी आर्थिक क्षेत्रका जानकारहरुको विचारले भावी रणनीति बनाउन पदप्रदर्शक हुने आशा लिएको बताए ।  
काठमाडौंको सोल्टी होटलमा भएको कार्यक्रममा सहभागी डा डिल्ली खनाल, योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द देवकोटालगायतले देशलाई पूर्वाधारयुक्त बनाउँदै आर्थिक आर्जनका लागि उपयुक्त कदम चाल्नुपर्ने सुझाव दिएका थिए ।  
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार