रेखाको चलचित्रको गीतमा रेल चर्चा

 रेखाको चलचित्रको गीतमा रेल चर्चा

अहिले नेपालमा चीन र भारतको रेलको चर्चा छ । यही प्रसंगमा अभिनेत्री रेखा थापाको चलचित्र ‘मालिका’मा पनि रेलको चर्चा गरिएको छ । उक्त चलचित्रको एक गीतमा रेलको चर्चा गरिएको हो । गत मंगलबार सार्वजनिक ‘हल्का माया के माया’ नामक गीतमा धनगढी र धरान जोड्ने रेलको जिकिर गरिएको छ । उक्त गीतमा धनगढीमा रेल चले धरान जाने भन्ने हरफ राखिएको छ । नर कार्कीको शब्द, सुरेश अधिकारीको संगीत समेटिएको गीतलाई अञ्जु पन्तले स्वर दिएकी छन् । गीतमा सुदूरपश्चिमेली लवज र भेषभूषाले प्राथमिकता पाएको छ ।

बुढासुब्बाको युट्युब च्यानलबाट रिलिज गरिएको सो गीत मंगलबार बिहान क्युज हलमा सञ्चारकर्मीमाझ सार्वजनिक गरिएको थियो । बालविवाहविरूद्ध जनचेतना जगाउने उद्देश्यले निर्माण गरिएको फिल्म ‘मालिका’मा रेखा थापाको अभिनय र निर्देशन रहेको छ । अभिनयमा उनलाई जाजरकोटकी कमला ओलीले पनि सघाएकी छिन् ।

रेखाको निर्देशन रहेको यो दोस्रो फिल्म हो । लक्ष्मीपूजाको अवसर पारेर चलचित्र रिलिज गर्ने कार्यकारी निर्माता नर कार्कीले बताएका छन् ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार