प्रियंकाको बोल्ड दृश्य चर्चामा

प्रियंकाको बोल्ड दृश्य चर्चामा

हालै सार्वजनिक कथा काठमाडौं नामक चलचित्रमा नायिका प्रियंका कार्कीको बोल्ड दृश्यले चर्चा पाएको छ । गत आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक चलचित्रमा नायिका कार्कीको हालसम्मकै बोल्ड सिन भएको दाबी गरिएको छ ।

चलचित्रमा ‘रातको कुरा’ नामक बोलको गीतको भिडियोमा नायिका कार्की उत्तेजक हाउभाउमा प्रस्तुत भएकी छन् । नायक प्रमोद अग्रहरी र नायिका कार्कीबीचको बोल्ड सिनमा नेपाली समाजले पचाउन मुस्किल पर्ने खालको दृश्य रहेको दाबी गरिएको छ । पत्रकार सम्मेलनमा महिला निर्देशककै चलचित्रमा महिला कलाकारलाई नङ्ग्याएको भन्दै निर्देशक संगीता श्रेष्ठसँग पत्रकारहरुले प्रश्नको चाङ तेस्र्याइएको थियो । निर्देशक श्रेष्ठले कथा र विषयवस्तुअनुसार नै गीत छायाङ्कन गरिएको बताइन् ।

आहना फिल्म्सको प्रस्तुति रहेको उक्त गीतको प्रदीप बास्तोलाको शब्द, संगीत र गायिका इन्दिरा जोशीको आवाज रहेको छ । गीतको कोरियोग्राफ तथा निर्देशन निर्देशक श्रेष्ठ आफैंले गरेकी हुन् ।

पत्रकार सम्मेलनमा आगामी असोज १२ गते रिलिज हुने बताइएको छ । चलचित्रमा नायिका कार्कीसँगै प्रमोद अग्रहरि, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार