न्यूयोर्क च्याप्टरले मनायो ३६औं बीपी स्मृति दिवस

न्यूयोर्क च्याप्टरले मनायो ३६औं बीपी स्मृति दिवस

न्यूयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिका, न्यूयोर्क च्याप्टरले जुलाई २२ आइतबार ३६औं बीपी स्मृति दिवस मनाएको छ । च्याप्टरले बीपी स्मृद्धि दिवसको अवसर पारेर छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाएको हो ।

प्रमुख अथिति काठमाण्डौं जिल्ला कार्यसमितिका पूर्व सचिव एवं महासमिति सदस्य राजुराज जोशीले बीपीले मुलुकको राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि अप्ठ्यारो परिस्थितिमा उठाएका सही कदमको स्मरण गर्दै प्रमुख अतिथि काठमाडौं जिल्ला कार्यसमितिका पूर्वसचिव एवम् महासचिव सदस्य राजुराज जोशीले बीपीको मेलमिलाप नीति अझै पनि सान्दर्भिक रहेको बताए । विधानअनुरूप पार्टी सञ्चालन भए विवादमा नफस्ने बताउँदै प्रमुख अथिति जाशीले विधि र प्रक्रियालाई सबैले पालना गर्नुपर्ने धारणा राखेका थिए ।

साथै, आउँदो सेप्टेम्बर ८, शनिबार नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरले सर्वोच्च नेता गणेशमानको जीवनीमा आधारित चलचित्र ‘बीर गणेशमान’ प्रदर्शन गर्ने जानकारी दिएको छ । त्यस्तै, मेरिल्याण्डको बाल्टीमोरमा सेप्टेम्बर ९ तारिख, टेक्सासको डलासमा सेप्टेम्बर १५ तारिख र सान फ्रानसिस्को शहरमा सेप्टेम्बर १६ तारिखमा प्रर्दशन गर्ने बताइएको छ ।

विशेष अथिति लुम्बिनी विकास कोषका पूर्वसदस्य सचिव एवम् नेपाली जनसम्पर्क समिति अमेरिकाको सल्लाहकार आङ दावा शेर्पाले कांग्रेसले अंगालेको सिद्धान्त र दर्शनबारेमा चर्चा गरेका थिए । बीपीको दूरदर्शीताका बारेमा बताउँदै उनले मुहान सफा भए सबै सफा हुँदै जाने धारणा राखे । उनले भने– ‘एउटा विधि र प्रक्रियाबाट आएको निर्वाचित संगठनलाई अधिवेशनद्वारा मात्र  विदाइ गर्न सकिनेछ ।’

नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले सात दशकअगाडि बीपीले खनेको राजनीतिक आदर्शको बाटोमा अहिले समग्र मुलुक र सबै राजनीतिक दल हिँडिरहेको अवगत गराए । ‘देशका केही ठूला दलले हाल बाटो बिराउन खोजेकाले कांग्रेसले जिम्मेवार भएर ती ठूला दललाई सही बाटोमा हिँड्न सिकाउनुपर्छ,’ उनले भने । अहिले लोकतान्त्रिक संविधानको मर्म र भावनालाई मिचेर गरेका अवैधानिक र असंवैधानिक निर्णय व्यवहार र सरकारी नीतिलाई हेर्दा वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताउँदै नेम्बाङले डा. गोविन्द केसीको माग पूरा गर्न र अन्य सरकारी निरंकुश कदमविरुद्ध गरिएको शान्तिपूर्ण प्रर्दशनमा सरकारले गरेको दमन र निर्मम आक्रमणको घोर निन्दा र भत्र्सना गरेका थिए । चिकित्सा शिक्षामा सुधारको माग राखी गरेको डा. केसीको आमरण अनशनलाई आफ्नो संगठनको पूर्ण समर्थन रहेको बताउँदै महासचिव नेम्बाङले माग चाँडो पूरा गरी डा. केसीको जीवन रक्षा गर्न सरकारसँग अपिलसमेत गरेका थिए ।

कार्यक्रममा च्याप्टरका सदस्य अग्नि ढकालले बीपीका बारेमा गीत गाएका थिए भने शारदा क्षेत्रीले कविता सुनाएका थिए । अन्य वक्ताहरूमा स्पोर्टका महासचिव सञ्जीव श्रेष्ठ, अमेरिकाका विद्यार्थी नेता प्रभात सापकोटा, बौद्धिक व्यक्तित्व एवम् लेखक सुरेन सापकोटा, समाजसेवी सूर्य खड्कालगायतले आआफ्नो विचार राखेका थिए ।

कार्यक्रममा नेजसका केन्द्रीय सदस्य सुवास लामा, समाजसेवी दुर्गेश कार्की, च्याप्टरका उपसभापति अमर तामाङ, सचिव अनिलराज पाण्डे, सदस्य उमेश थापा, गणेश बिष्ट, विवेक पौडेल, नवराज भट्ट, समाजसेवी सुजन रायमाझी, शिव बानियाँ, प्रवीण गौतम, गणेश रिजाल, जितेन्द्र ढकाल, सुजन खनाल लगायतको उपस्थिति थियो । 

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाको सभापति रोशन ढुङ्गानाको अध्यक्षतामा स्थानीय थकाली किचन ज्याक्सन हाइट्स न्यूयोर्कमा भएको बीपीको ३६औं स्मृति दिवसको  कार्यक्रमको सञ्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका सदस्य वृन्दा राईले गरेका थिए ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार