अर्विङ सिटीका अधिकारीहरुसँग समुदायको अन्तरक्रिया

अर्विङ सिटीका अधिकारीहरुसँग समुदायको अन्तरक्रिया
 
विश्व न्यूज संवाददाता
अर्विङ (टेक्सस) – 
टेक्ससको राज्यको अर्विङ शहरका अधिकारीहरुले यहाको नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् । सिटी अफ अर्विङको डाइभरसिटी कम्युनिटी इन्टरर्‍याक्सन कार्यक्रम अन्तर्गत नेपाली समाज टेक्ससको समन्वयमा सिटी अफ अर्विङ अन्र्तगर्त रहेका विभिन्न निकायका अधिकारीहरुले नेपाली समुदायसँग शुक्रवार अन्तरक्रिया गरेका हुन् । 
सिटी अफ अर्विङ डाइभरसिटी कम्युनिटी कार्यक्रमका सदस्य प्रभात दिक्षितले संयोजन गरेको कार्यक्रममा सिटी अफ अर्विङमा मेयर रिक स्टोफर, सिटी काउन्सील म्यान क्याल टेलर, सिटी म्यानेजर क्रिस हिलम्यान, नगर प्रहरी प्रमुख जेफ स्पिभे, फायर विभागका प्रमुख भिक्टोर कोन्लीको सहभागिता रहेको थियो । 
नेपाली समाज टेक्ससका सदस्य प्रयास वास्तोलाले संचालन गरेको कार्यक्रममा समाजका अध्यक्ष सुमन थापा,  गैर आवासीय नेपाली संघ टेक्सस च्याप्टर अध्यक्ष भानु खरेल, विजयराज भट्टराई, नेपाल अमेरिकन च्याप्वर अफ कमर्शका अध्यक्ष मनोज सिग्देल, सुरज पौडेल, ब्लड डोनर्श अफ अमेरिका टेक्सस च्याप्टरमा अजय वगाले, जनसम्पर्क समिति फोट वर्थ च्याप्टरका दिनेश शर्मा लगायतले बोल्दैं यहाको सरकारी निकायसँग यहाको समुदाय जोडिन चाहिरहेको बताएका थिए ।
उनीहरुले नेपाली भाषामा चालक अनुमती  परिक्षाका लागि पहल गर्न अनुरोध गर्दै नेपाली समुदायको परिचय झल्कने गरी स्मारक निर्माण गर्नका लागि जग्गा उपलब्ध गराइदिन अनुरोध समेत गरेका थिए । 
सो अवसरमा अर्विङ सिटीका अधिकारीहरुले समुदायसँग मिलेर अघि बढ्न आफुहरु सधैं तयार रहेको र आगामी दिनमा विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने जनाएका थिए ।  
 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा