न्यूयोर्कमा २०५औं भानुजयन्ती

न्यूयोर्कमा २०५औं भानुजयन्ती

न्यूयोर्क । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले शनिबार न्यूयोर्कमा २०५औं भानुजयन्ती तथा नवरत्न पुरस्कार समर्पण कार्यक्रम आयोजना ग¥यो । आदिकवि भानुभक्तको तस्वीरमा माल्यार्पण गरेर शुरुवात गरिएको थियो ।

च्याप्टर अध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत मन्तव्यमार्फत शुरु गरिएको कार्यक्रममा अनेसास केन्द्रका उपाध्यक्ष प्रकाश नेपालले भानुभक्तबारे चर्चा गरेका थिए ।

कार्यक्रममा गायक तथा संगीतकार गणेश पराजुलीको संगीतमा तयार पारिएको एल्बम गीतकारहरू विनोद रोका, गीता खत्री, परिता राजभण्डारी, पुनम काफ्ले, ज्योती पौडेल र राजेन्द्र श्रेष्ठले विमोचन गरेका थिए । कार्यक्रममा दुई दर्जनभन्दा बढी कविहरूले सिर्जना वाचन गरेका थिए ।

अनेसास न्यूयोर्क च्याप्टरको संयोजनमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नायब महावाणिज्यदुत पुष्पराज भट्टराई, अनेसासका अध्यक्ष पदम विश्वकर्मा र बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष गीता खत्रीले पुरस्कृतहरूलाई सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै, दीपा राई पुनले सम्मानितहरुलाई नगद हस्तान्तरण गरेका थिए । नेपाली साहित्य, संगीत, समाजसेवा, कला र व्यवसायमा संग्लग्न सफल महिलालाई सम्मान तथा प्रोत्साहनस्वरूप हरेक २–२ वर्षमा दुई सय अमेरिकी डलर नगदसहित यो पुरस्कार प्रदान गर्ने गरिन्छ ।

कार्यक्रममा नायिका मनीषा कोइराला, गायिका हरिदेवी कोइराला, साहित्यकार उन्नती बोहोरा शीला,  पुनम काफ्ले र लक्ष्मी माली, समाजसेवी तुलसीदेवी राई, व्यवसायी मीना खड्का क्षेत्री र कला खरेल तथा युवा रंगमञ्च निर्देशक सम्पदा मल्ल पुरस्कृत भएका थिए ।

त्यसैगरी जापानमा लामो समयदेखि सितार वादनमा संलग्न सुष्मा ओमातालाई ‘अनेसास नवरत्न विशिष्ट साधक सम्मान’ र बालसाहित्यका क्षेत्रमा योगदान पु¥याएको भन्दै बिमला निरौलालाई ‘अनेसास बाल साहित्य सम्मान’द्वारा सम्मानित गरिएको छ ।

त्यस्तै, नृत्य, चित्रकारिता र कलाकारिता क्षेत्रमा संलग्न बालिकाहरू सिमरन अधिकारी, अरमानी महर्जन र श्रीनिति रिजाललाई नवरत्न बाल प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कार समितिका संयोजक शकुन्तला ज्ञवालीले यस किसिमको पुरस्कारले ऊर्जा मिल्ने बताउँदै पुरस्कारको निरन्तरताको कामना गरिन् । कार्यक्रममा पुरस्कार चयन समितिका संयोजक गीता खत्रीले नवरत्न पुरस्कार साहित्यका अलावा समाजका विभिन्न क्षेत्रमा समर्पित महिलालाई प्रदान गरिने उद्देश्यअनुरुप यस वर्ष ९ जना महिलालाई नवरत्न सम्मान, दुई जनालाई विशेष सम्मान र तीन जनालाई बालप्रतिभा पुरस्कार प्रदान गरिएको बताइन् ।

कार्यक्रममा महासचिव गोवर्धन पूजा, साहित्यकार व्याकुल पाठक, बिमला निरौला, विवेचना निरौलालगायतले आदिकवि भानुभक्तबारे चर्चा गरेका थिए ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा