हँसिली सुजाता

हँसिली सुजाता

नवनायिका सुजाता थापा नेपाली चलचित्र क्षेत्रमा भर्खर पाइला बढाउँदै गरेकी अभिनेत्री हुन् । चलचित्र क्षेत्रमा प्रवेशसँगै उनको चर्चा चुलिएको छ । ‘स्वर्ग मेरो गाउँ’ नामक चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी थापाको दोस्रो चलचित्र संघारमा छ । ५ फिट ५ इञ्च अग्ली हँसिली मुस्कानकी धनी थापाले अहिले अभिनयसँगसँगै अध्ययनलाई पनि अगाडि बढाउँदै छिन् । उनी स्नातक पहिलो वर्षमा अध्ययनरत छिन् । उनीले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेको अनुभवसमेत सँगालेकी छन् । हाल उनी ‘झमकबहादुर’ नामक चलचित्रको प्रोमोसनका लागि प्रचारप्रसारमा जुटेकी छन् ।

योग, ध्यान, जिममा समेत रुची राख्ने नायिका थापाले चलेको फेसनमा आँखा जाने गरेको बताइन् । उनले आफूलाई वान पिस र गाउनमा हट एण्ड सेक्सी लाग्ने जानकारी दिइन् । करियर बनाउने दौडमा रहेकी उनको अहिलेसम्म प्रेमसाथी छैन । त्यसैले उनले इमानदार, मिहिनेती, सबैलाई सम्मान गर्ने, अरुको कामलाई सम्मान गर्ने, हौसला बढाउने र संस्कारी केटा खोजिरहेकी छन् । त्यस्तो केटा पाएमा उनी चराचुरुङ्गीको आवाज आउने तर एकान्तमा डेटिङ जाने सोचमा छिन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा