एक वर्ष भयो अप्रुभल लेटर आएको छैन ?

एक वर्ष भयो अप्रुभल लेटर आएको छैन ?
रमेश श्रेष्ठ

मैले युएससीआईएसमा एसाइलमको निवेदन गरेको थिएँ । मेरो विवाहपछि मेरो श्रीमान्को युएस सिटिजनसिप प्राप्त भएकाले उहाँसँगै फेमिली पेटिसन गरें । त्यसपछि मेरो एसाइलमको निवेदन विथड्र गरें । तर, पछि युएससीआईएसले सोही एसाइलमको निवेदनलाई कोर्टमा पठाई फेरि अन्तरवार्ताका लागि चिट्ठी पठाएको छ । मेरो युएससीआईएसमा पेश गरेको फेमिली पेटिसनको रिसिप्ट लेटर प्राप्त भयो । तर, एक वर्ष भयो एप्रुभल लेटर आएको छैन । अब मैले के गर्नुपर्छ होला । सुझाव पाए आभारी हुने थिएँ । धन्यवाद ।

– डोमा शेर्पा, न्यूयोर्क

डोमाजी, अमेरिका अध्यागमनले कुनै पनि विदेशी नागरिकको भिसा नभएको वा कुनै पनि लिगल स्टाटसमा नभएको भन्ने जानकारी पाएपछि सो विदेशी नागरिकलाई रिमोभल प्रोसिडिङमा राखी कारबाहीका लागि इमिग्रेसन कोर्टमा पठाउनुपर्ने हुन्छ । तपाईंको केसमा पनि तपाईंको श्रीमान्ले अमेरिकी नागरिकता प्राप्त गरेर उहाँले तपाईंका लागि भिसा पेटिसन (आई–१३०) युएससीआईएसमा पेश गरे तापनि तपाईंको भिसा स्टाटस अहिले पनि गैरकानूनी नै रहेको मानिनेछ । त्यसैले तपाईंले एसाइलमको निवेदनलाई लिखितरुपमा फिर्ता लिए पनि तपाईंको भिसा नभएको वा गैरकानूनी रुपमा अमेरिकामा बसेको भन्ने युएससीआईएसलाई लागेकाले कारबाहीका लागि तपाईंको केस इमिग्रेसन कोर्टमा पठाएको हुनुपर्छ । माथि उल्लेख गरेअनुसार एसाइलमको निवेदनमा कोर्टमा पठाउनु भनेको तपाईंलाई अमेरिकाबाट निष्काशनका लागि रिमोभल प्रोसिडिङमा राखेको हुनुपर्छ । यस अवस्थामा यदि तपाईंलाई इमिग्रेसन कोर्टबाट सुनुवाइका लागि नोटिस आइसकेको छ भने उक्त सुनुवाइ मितिमा अनिवार्यरुपमा कोर्टमा तोकेको मिति, समय र स्थानमा उपस्थित हुनुपर्नेछ । त्यस अवस्थासम्म यदि तपाईंको श्रीमान्ले पेश गर्नुभएको पेटिसन स्वीकृत भएको छैन भने कोर्टको केसलाई लम्ब्याएर राख्नुपर्ने हुन्छ । तपाईं रिमोभल प्रोसिडिङमा भएकाले तपाईंको आई–१३० पेटिसन स्वीकृत भए पनि उक्त प्रोसिडिङ टर्मिनेट नभएसम्म एड्जष्टमेन्ट अफ स्टाटस अर्थात् ग्रीनकार्ड प्राप्त भने गर्न सक्नु हुने छैन । त्यसरी नै यदि सुनुवाइको मितिमा कोर्ट जानु भएन भने तपाईंको अनुपस्थितिमा इमिग्रेसन जजले तपाईंविरुद्ध डिपोर्टेसनको अर्डर जारी गर्न सक्छ । यदि यस्तो अर्डर जारी भएको खण्डमा तपार्इंको युएस सिटिजन श्रीमान्ले पेश गरेको आई–१३० पेटिसन अप्रुभ भए पनि तपाईं ग्रीनकार्ड प्राप्त गर्न अयोग्य हुनुहुनेछ र तपाईंको केस धेरै जटिल हुनेछ । त्यसैले अनुभवी इमिग्रेसन लयरको सहयोग लिने सुझाव छ ।

 

मैले असाइलमको निवेदन पेश गरेको थिएँ । असाइलम अफिसले मेरो निवेदन अस्वीकार ग¥यो । त्यसपश्चात् मेरो केस अदालतमा गयो । मेरो कसको सुनुवाइ इमिग्रेसन कोर्टमा भयो । अदालतले मलाई असाइलम दिन मिल्दैन, तर विथहोल्डिङ अफ रिमोभल भने दिन सक्छ भनेर भन्यो, मेरो वकिलले पनि विथहोल्डिङ भन्ने सुविधा लिए हुन्छ भनी भन्यो । अरु उपाय नभएकाले मैले सो निवेदनको स्वीकृति अर्डर लिएँ । तर, अहिले मलाई पश्चात्ताप भइरहेको छ । के अब केही अरु उपाय गर्न सक्छु होला ग्रीनकार्ड पाउनका लागि ? धन्यवाद ।

– जीवन, अमेरिका

विथहोल्डिङ अफ रिमोभल भनेको त्यस्तो रिलिफ हो, जसले तपाईंलाई अमेरिकामा बस्न र काम गर्ने सुविधा दिन्छ । तर, यसद्वारा ग्रीनकार्ड प्राप्त गर्न सकिँदैन । एक पल्ट अदालतमा गएर सो सुविधा लिइसकेको खण्डमा त्यसको विपरीत जाने वा फेरि असाइलमको निवेदन पेश गर्न पाऊँ भन्न सकिँदैन । टेक्निकल्ली, विथहोल्डिङ अफ रिमोभल भनेको इमिग्रेसन जजले तपाईंको विरुद्धमा रिमोभलको आदेश दिए पनि तपाईंलाई तपाईंको मुलुकमा पठाएको खण्डमा तपाईंको ज्यानलाई खतरा भएकाले तपाईंलाई युएसएबाट निष्काशित गरिने कार्यलाई स्थगित गरिएको हो । तर, विथहोल्डिङ स्टाटसमा बसे पनि अन्य तरिकाबाट ग्रीनकार्ड हुने स्थिति भए, रिमोभल प्रोसिडिङलाई रि–ओपन गरी, ग्रीनकार्डको निवेदन पेश गर्न सक्नुहुनेछ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार