समर पार्टीको प्रति टिकट २ डलर समाजलाई सहयोग

समर पार्टीको प्रति टिकट २ डलर  समाजलाई सहयोग
विश्व न्यूज संवाददाता
डलास ( टेक्सस) ।
मनोरञ्जनात्मक लगायतकाकार्यक्रमको व्यवस्थापन गर्दै आएको नेपोप रेकर्ड्स र सफल इन्टरप्राइजेजले समाज सेवामा सक्रियता देखाएको छ । 
टेक्ससमा पछिल्लो समय मनोरजनात्मक कार्यक्रम आयोजना हुने क्रम बढिरहदा त्यही क्षेत्रमा सक्रिय यी दुई संस्थाले  नेपाली समाज टेक्ससमार्फत समाज सेवामा सक्रियता देखाएको हो । यी दुई संस्थाले गर्ने जुन सुकैं कार्यक्रममा विक्रि गरिने टिकट मध्य प्रत्येक टिकटवाट २ डलर नेपाली समाज टेक्ससलाई छुट्टाइने भएको छ । यी दुई संस्थाले संयुक्त रुपमा आउदो अगस्त १७ मा  टेक्ससको डलास ग्रेपभाइनमा गर्न लागेको समर क्रुज पार्टीमार्फत यसको सुरुवात गर्न लागेको जनाएका छन् । 
यो कार्यक्रममा विक्रि हुने टिकटको प्रति टिकट २ डलर नेपाली समाज टेक्ससलाई दिइने बताइएको छ । नेपालवाट कलाकार ल्याएर होस् वा स्थानीय कलाकारलाई जमघट गराएर यहा वर्षेनी दर्जनौंको संख्यामा सांगितिक कार्यक्रम हुने गरेको छ । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा