डलासमा द मण्डला

डलासमा द मण्डला
 
विश्व न्यूज संवाददाता
डलास (टेक्सस) । 
नेपाली समुदायमा सक्रिय नेपाली समाज टेक्ससकी महिला संयोजक आयशा ओझाले टेक्ससको डलास वेदफोर्डमा नृत्य प्रशिक्षण केन्द्र स्थापना गरेकी छन् । 
द मण्डला नाम दिइएको प्रशिक्षण केन्द्रको गत शनिवार शुभारम्भ गरिएको हो । नेपाली समुदायका बालबालिकालाई नृत्य प्रशिक्षण दिदैं आएकि ओझाले व्यवसायिक रुपमैं यसलाई अगालेकी हुन् । मासिक ७५ डलर शुल्क राखिएको बताउँदैं ओझाले सबैं उमेर समुहकाहरुले प्रशिक्षण लिन सक्ने   जानकारी गराइन् । भर्ना खुला गरिएको भएपनि प्रशिक्षण भने अगस्त २० वाट सुरु हुनेछ । 
स्वास्थ्यका लागि समेत हितकर हुने भएकाले पनि म सबैं अभिभावकलाई आफु सिक्न आउन  आफ्ना वालबालिकालाई नृत्य  सिक्न पठाउन अनुरोध गर्छु । उनले भनिन् समय क्रमसँगैं केन्द्रमा थप अन्य प्रशिक्षण सेवा समेत दिने सोंच राखेकी छु । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा