डलासमा सम्झिए आदिकवी

डलासमा सम्झिए आदिकवी
विश्व न्यूज संवाददाता
डलास (टेक्सस) । 
अमेरिकाको टेक्सस डलास वरपर वस्ने साहित्य अनुरागीहरुले शनिवार आदिकवी भानुभक्त आचार्यलाई सम्झिएका छन् । नेपाली भाषा साहित्य क्षेत्रका एक नक्षत्र भानुभक्तको २ सय ४ औं जन्म जयन्तीको अवसर पारेर यस क्षेत्रमा स्रष्टाहरुले उनलाई सम्झिएका हुन् । 
भानुको योगदानलाई पुर्नताजगी गर्न उपयोगी देखिएको यो अवसर अन्तराष्ट्रिय नेपाली साहित्य समाज डलास टेक्सस च्याप्टरले जुटाएको थियो । साहित्यको महत्वपूर्ण विधा कविता र गजल मय बनेको शनिवार साँझमा साहित्यकार एवं अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा, श्रीहरी फुँयाल, खेमराज गैरे, सुरेन्द्रराज आचार्य, भगवती पौडेल, लिला श्रेष्ठ, यदुनाथ अधिकारी, नेत्र आचार्य, पुजा वागिस, चम्पा भट्टराई, विकु लामा, भानु खरेल लगायतको प्रस्तुती र मन्तव्य रहेको थियो । 
सो अवसरमा गजलकार राधाकृष्ण काफ्ले, पवन लामिछाने, वासु पुस्पा अधिकारी र  सरु काली गजल प्रस्तुती दिएका थिए । संस्थाका अध्यक्ष कपिल अधिकारीको संचालनमा भएको कार्यक्रमको संचालन सचिव सुमन कार्कीले गरेका थिए ।
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा