घर किन्दा थपौं अर्को सम्पत्ती, तर कसरी ?

घर किन्दा थपौं अर्को सम्पत्ती, तर कसरी ?
सरोज सिग्देल
 
पछिल्लो दुई दशक यता नेपाली आप्रवासन हुने क्रम समेत बढेको छ । रोजगारीको लागि निश्चित समयका लागि नेपाली धेरैं वर्षअघि  देश वाहिर जाने गरेको भएपनि आप्रवासन हुने क्रम समेत धेरैं पछि मात्रैं सुरु भएको भेटिन्छ । सन् २००० पछि नेपाली स्थायी होस् अस्थायी रुपमा विदेशिन क्रम वढेको तथ्यांकहरुले देखाएको छ । 
अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, क्यानडा तथा युरोपेली मुलुकहरु नेपालीको स्थायी वसोवासको लागि रोजाईमा पर्ने गरेको पाइन्छ  । यो क्रम  बढ्दै गएको छ । आधिकारिक तथ्यांक नभएपनि झण्डैं ३ लाख नेपाली अमेरिकामा मात्रैं रहेको बताइन्छ ।  आफ्ना सन्तानको उज्ज्वल भविष्य र सम्पूर्ण पूर्वाधारको समुचित उपयोग सहीतको जीवनशैलीमा  अमेरिकामा नेपालीहरु रमिरहेका छन् । 
अमेरिका आएपछि यहीनैं स्थायी रुपमा वस्ने सोंचले गर्दा यहा वस्ने नेपालीमा यहा घर किन्ने रहर पनि बढ्ने गर्दछ ।  स्थायी रुपमा कानूनीपूर्वक बसोबास गरिरहेका अधिकांशले औसत ५ वर्षमा घर खरिद गर्ने गरेको पाइन्छ । हालको बजार मूल्यअनुसार औसत घरको मूल्य ४ लाख अमेरिकी डलर पर्दछ । 
हामीलाई थाहा छ, घर खरिद गर्नका लागि राम्रो क्रेडिट (७४० प्लस), नियमित आम्दानीको स्रोत (रोजगारी, व्यापार, व्यवसाय, उद्योग)मा लगानी हुनुपर्दछ र आफूले किन्न खोजेको घरको मूल्यको २० प्रतिशत (अपवादवाहेक) डाउन पेमेन्ट र क्लोजिङ कष्ट दिनुपर्ने देखिन्छ  । सुरुवाती रकम जम्मा घरको मुल्य कम्तिमा २० प्रतिशत दिदाका फाइदा धेरैं हुने भएकाले नैं घर लिदा २० प्रतिशत वा त्यो भन्दा बढी दिनेतर्फ सोच्नु मुनासिव हुन्छ । 
किनकि  २० प्रतिशत डाउन पेमेन्ट गरेमा पहिलो तपाईंले मोर्गोज इन्स्योरेन्स किन्नु पर्दैन, २० वर्ष वा सोभन्दा कम समयका लागि ऋण लिन सकिन्छ, न्यून ब्याजदर पाइन्छ र साथै यसको एकाउन्टमा पैसा जम्मा गर्नु पर्दैन । जुन तपाईंका लागि ठूलो बचत हो । साथै, आफूसग उपलब्ध पूँजीको सही सदुपयोग गर्नुभयो भने तपाईं अर्को एक सम्पत्तिको पनि मालिक बन्न सक्नुहुन्छ । 
माथि उल्लेखित तथ्यका आधारमा हामीलाई थाहा भइसकेको छ– औसत घर किन्न ९० हजार डलर चाहिंदो रहेछ । जब तपाईंसग ५०–६० हजार जम्मा हुन्छ, तपाईं प्रोपर्टी हेर्न थाल्नुस्, जसको मूल्य १ सय हजारको हाराहारी होस् र सो प्रोपर्टी किन्नका लागि अपुग रकम क्रेडिट कार्डको प्रोमोसनल चेकहरुबाट पूरा गर्न सक्नुहुन्छ, जसमा निश्चित समयका लागि विना ब्याज, न्यून ब्याज अथवा उचित मासिक किस्ताको सुविधा प्रदान गरिएको हुन्छ । र, उक्त रकम तपाईंले तोकिएको समयभित्र भुक्तानी गर्नुभएको खण्डमा तपाईंको क्रेडिट हिष्ट्री पनि राम्रो देखिन्छ र क्रेडिट स्कोरमा पनि उल्लेखनीय वृद्धि हुन्छ । जुन तपाईंलाई घर किन्नका लागि अति आवश्यक छ । अब तपाईंसग १०० हजारभन्दा माथि मूल्यको प्रोपर्टी छ, अब तपाईंले उक्त प्रोपर्टीलाई डाउन पेमेन्टका रुपमा उपयोग गरेर आफ्नो सपनाको घर खोज्न थाल्नुस् । सन् २००८ को आर्थिक मन्दीपछिको आकडालाई नियाल्ने हो भने घरजग्गाको मूल्यमा औसत ११.८ प्रतिशतसम्म वार्षिक वृद्धि भइरहेको देखिन्छ ।
 
कस्तो प्रोपर्टी किन्ने ?
प्रोपर्टीको छनोट एक महत्वपूर्ण विषय हो । सही प्रोपर्टी चिन्न सक्नुभयो भने तपाईंको घर सोचेको भन्दा निकै चाडो चुक्ता हुन सक्छ । सामान्यत: साधारण जग्गाको मूल्यांकनको ४० प्रतिशत, डेभलभ गरिएको जग्गा (पक्की सडक, पानी, विद्युतको सुविधा) ४० देखि ६० प्रतिशत, व्यावसायिक जग्गा ६० देखि ८० प्रतिशत र पूर्वाधारसहितको व्यावसायिक जग्गा ८० प्रतिशतभन्दा माथि र नियमित भाडा आउने भवनसहितको भए त्यसमा भएको तरलताको आधारमा निकै राम्रो मूल्यांकन गरी धितो लिने गर्दछ । तसर्थ, यस्तो प्रोपर्टी किन्दा सिटीमा भन्दा टाउन(अमेरिकाकोहकमा शहरमा सुचीकृत भैनसकेको) मा खोज्न सकिन्छ, जुन टाउनको जनसांख्यिक परिसूचक निरन्तर वृद्धि भइरहेको छ भने त्यसलाई मापकको रुपमा लिन सकिन्छ । 
मेरा एक मित्रको अनुभव यहाा शेयर गर्न चाहन्छु । ९२ हजारमा एक अर्धपक्की भवनसहितको तीन एकड जग्गा किन्नुभयो र त्यसलाई मासिक ८ सय ४० मा भाडामा दिनुभयो । केही वर्षपछि व्यवसाय विस्तार गर्ने क्रममा बैंकसाग धितोका लागि कुरा गर्न जाादा बैंकले १ सय ४६ हजार मूल्यांकन गर्‍यो र त्यसलाई धितो राखेर ७ सय ४० हजारमा अर्को एक प्रोपर्टीसहितको व्यवसाय खरिद गर्नुभयो । अहिले चार वर्षपछि त्यस प्रोपर्टीको मूल्य १ सय ८० मूल्यांकन गरिएको छ र हाल मासिक ९ सय ८० डलर भाडा संकलन गर्दै हुनुहुन्छ ।
आर्थिक समृद्धि हासिल गरिएका यस्ता मुलुक आप्रवासीहरुको चापका कारणले गर्दा घर, जग्गा र व्यापार–व्यवसायको मूल्यमा उल्लेखनीय वृद्धि भइरहेको वर्तमान अवस्थामा हामीले पनि घर खरिद गर्दा डाउन पेमेन्टका रुपमा खन्याइएको रकमलाई लगानीका रुपमा प्रयोग गर्न सक्यौं भने १० वर्षपछि त्यसै प्रोपर्टीले हाम्रो घरको ऋण चुक्ता गरिदिन्छ र हामी क्रेडिट फ्री भई आरामको जिन्दगी बिताउन सक्छौं ।
( लेखक टेक्ससको डलासमा रहेको नेप्लिज अमेरिकन चेम्बर अफ कमर्शका सदस्य हुन् ।
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार