म समाचार सुन्दिन

म समाचार  सुन्दिन
पुजा वागीश
 
’हैन आजकल  के भएकी यो केटी ?
न केही को छ पिर,न केही को छ सुर्ता
पहिरन अनेक छन् ,
लाउनै छाडी कुर्था..
छैन पढ्नु गुन्नु, ठूलो मान्छे हुनु,
छैन रेडियो,पत्रीका समाचार सुन्नु पढ्नु 
देशमा कहाा कहाा के के भयो बुज्नु’
यस्तै यस्तै हुन् ..मेरी आमाको गनगन
सधैं सधैंको गनगन।
 
हेर आमा तिमी 
रिसाए रिसाउ.. खुसाए खुसाउ..
तर म समाचार सुन्दिन।
 
मलाई सुन्नु छैन.. हरेक दिन ,पलपल मानिस मरेको खबर,
 दाइले भाइ अनि भाइले दाइ कुटेको खबर,
मलाई सुन्नु छैन..आफ्नै बाबुबाट बलत्कृत छोरिको खबर,
बोक्सीको नाममा कुटिएकी निर्दोष आमाको खबर
दाईजो को नाममा  जलाइएकि बुहारिको  खबर,
हो आमा मलाई सुन्नु छैन..
म दिक्क वाक्क पाक्क भैसके,
मलाई सुन्नु छैन,
 
मलाई सुन्नु छैन..झाडापखालाको औषधिको अभावमा 
जनता मरेको खबर,
गरिब जनताको नाममा डाक्टर अन्सन बस्नुपरेको खबर,
मलाई सुन्नु छैन, कुर्सी को निहुामा नौ नौ महिनामा सरकार फेरिएको खबर..
मलाई सुन्नु छैन..देश बेचेको खबर..
ब्यस्त, साघुरो अनि ट्राफिकमा फसेको  सडकको दुर्घटनाको  खबर..
 
सुन्यौं ? हेरेउ ? अनि देखेउ?
 यस्तै छन्  तिम्रा शहर,
यस्तै छन् तिम्रा शहर भित्रका हरेक प्रहर अनि,
यस्तै छन्  तिम्रा शहर भित्रका हरेक प्रहरका खबर  जान्ने रहर
खबर खबर भित्रै बेखबर छन यहाा 
परिस्थिति बेथिति बनेका छन् यहाा 
समाचारले  कुविचार जन्मिएका छन् यहाा..
 
तिम्रै समाचार सुनेर,तिम्रै समाचार  हेरेर ,
प्रेमिले प्रेमिकालाई एसिड छ्याप्न जानेको छ
लोभ,लालच,हत्या, अपहरण गर्न 
हरेकले स्नातकोत्तर गरेको छ यहाा 
घुसखोरी गर्न जानेको छ,दलाल बन्न जानेको छ,
जालझेल गर्न जानेको छ...
अब तिमिले गोल्ड मेडोल दिनु। 
अनि एउटा दिक्षान्त समारोह आयोजना गरेर
प्रमाणपत्र बुझाइदिनु ।
 
जब एउटा बच्चा जन्मेदेखिनै 
यस्तै समाचार हेर्छ,सुन्छ अनि हुर्किन्छ
अनि कसरी तिम्रा छोरा असल होउन?
अनि कसरी तिम्री छोरी असल होउन?
 
त्यसैले  आमा तिम्रो गोरो अनुहार कालो निलो बनाएर
नाकका टोटा फुलाएर, शिखर झै उच्च फैलिएको तिम्रो निधार आाखा, परेली,  भृकुटी  सबै खुम्च्याएर..
एकै ठाउमा गाठो पारेर,पोको पारेर
आमा तिमी  रिसाए रिसाउ... खुसाए खुसाउ..
म समाचार हेर्दै हेर्दिन. 
म समाचार सुन्दै सुन्दिन ।    
 
 
 
( कास्की ,नेपाल, हाल अर्भिङ ,टेक्सास )
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा