अमेरिकामा अन्तर्राष्ट्रिय नेपाल पत्रकार संघ गठन

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाल पत्रकार संघ गठन

न्यूयोर्क । अमेरिकामा रहेका पत्रकारहरूले अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (आईएनजेए) गठन गरेका छन् । गुणराज लुइँटेलको अध्यक्षतामा संघको समितिसमेत गठन गरिएको छ । अगष्ट १, बुधबार भर्जिनियाको फेयरफ्याक्समा पत्रकार सम्मेलन गरी संस्थाको गठनबारे जानकारी गराएका हुन् ।

समितिको उपसभापतिहरुमा सुनिलमणि दाहाल, विष्णु शीतल, टङ्क पन्त (एसिया), मनऋषि धिताल (अष्ट्रेलिया), अनुराधा पौडेल (युरोप) तथा डा. किस्मत भण्डारी (क्यानडा) रहेका छन् । महासचिवमा शिव विष्ट, सचिवमा शारदा सिलवाल तथा कोषाध्यक्षमा सृजना ताम्राकार चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः अमेरिकाबाट भुपेन्द्र थापा, विश्वराज थापा, दोब ढकाल, अंकुश नेपाल, तारा भट्टराई, पुनम पौडेल, दुबईबाट सुवास शर्मा, नेपालबाट कृष्ण ढुङ्गाना, ओमानबाट बिनेश खनाल, साउदी अरबबाट तेजबहादुर थापा, सर्वज्ञ वाग्ले, स्विट्जरल्याण्डबाट विजय शर्मा ‘दर्पण’, राजिव श्रेष्ठ, सरोज केसी, सृजना उप्रेती, उमेश शर्मा, पूर्ण बराइली तथा सुनिल हुमागाइँ रहेका छन् ।

त्यस्तै, सञ्चार निर्देशकमा विजय थापा, संगठन निर्देशकमा किशोर सापकोटा, नीति निर्देशकमा विष्णु शर्मा तथा प्रविधि निर्देशकमा केशर कार्कीलाई मनोनयन गरिएको छ । बोर्ड अफ ट्रष्टीमा रामचन्द्र खरेल र योगेश उपाध्यायसमेत रहेका छन् ।

त्यस्तै, सल्लाहकारमा हरि अधिकारी, शेखर ढुङ्गेल, जर्ज मेसन विश्वविद्यालयका प्राध्यापक क्रिस्टोफर जे फरेल, सहायक प्राध्यापक जेफ साउथ, एसपीजेका रविन सिडरस्की, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल तथा घमराज लुइँटेल रहेका छन् ।

व्यावसायिक हित र विश्वभर छरिएर रहेका नेपालीभाषी पत्रकार, सञ्चारकर्मीको क्षमता अभिवृद्धि तथा पत्रकारहरूका छाता संगठनलाई एकसूत्रमा जोड्ने उद्देश्यले गठन गरिएको पत्रकार भेटघाटमा जानकारी दिएका छन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार