जनसम्पर्क समितिको ‘विश्व सञ्जाल’ गठन

न्यूयोर्क । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ गठन हुने भएको छ । विश्वका ३२ वटा मुलुकमा छरिएर रहेका जनसम्पर्क समितिलाई एकै ठाउँमा समेट्दै नेपालमा पार्टीलाई सहयोग गर्ने उद्देश्यले विश्व सञ्जाल गठन गरिएको तदर्थ समितिका अध्यक्ष विष्णु सुवेदीले जानकारी दिए । सञ्जालले आगामी निर्वाचनमा कांग्रेसको पक्षमा आवश्यक बहुमत जुटाउन पनि सहयोग गर्ने बताइएको छ । न्यूयोर्कको सन्नीसाइडमा पत्रकार सम्मेलन गरी गत जुलाई २७ मै ‘विश्व सञ्जाल’ गठन गरिएको बारे औपचारिक जानकारी दिइएको हो । ‘पार्टीलाई सांगठनिक रुपमा थप ऊर्जा प्राप्त होस् भन्दै भविष्यमा हुने राष्ट्रिय, प्रान्तीय र स्थानीय निर्वाचनमा नेपाली कांगे्रसको बहुमतीय सरकार बनाउन आवश्यक सहयोग गर्ने मुख्य उद्देश्यले ‘विश्व सञ्जाल’ गठन गरिएको हो,’ अध्यक्ष सुवेदी भन्छन् ।   

नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएकाहरु कार्यकर्ता र नेताहरु अहिले प्रवासमा निष्क्रिय रहेकाले पार्टीले ठूलै घाटा बेहोरिरहेको उल्लेख गर्दै उनीहरुलाई सक्रिय बनाउन पनि यस्तो संगठन आवश्यक भएको बताइएको छ ।

विश्वभरका जनसम्पर्क समितिका अध्यक्ष र पदाधिकारीको युरोपमा भएको भेलाले ‘विश्व सञ्जाल’ गठन गरेको हो । सञ्जालका अध्यक्षमा अमेरिकाका बिष्णु सुवेदी, उपसभापतिहरु युएईका चित्र केसी, अष्ट्रेलियाका कञ्चन पोख्रेल र दक्षिण कोरियाका नवराज शिवाकोटी रहेका छन् । महामन्त्रीमा युरोपबाट चिन्तामणी सापकोटा, कोषाध्यक्षमा अमेरिकाका सुभास घिमिरे, सहमहामन्त्रीमा जापानबाट भुपी गोविन्द श्रेष्ठ र डेनमार्कबाट नवीन आचार्य रहेका छन् ।

सदस्यहरुमा पूर्ण तिम्सिना बेल्जियम, कुलबहादुर गुरुङ हङकङ, बिराट श्रेष्ठ भारत, विष्णु सापकोटा पोर्चुगल, डिपी कँडेल जापान, हेमराज पाण्डे क्यानडा, राजेन्द्र जमरकट्टेल जापान, ताराप्रसाद बन्जाडे चीन, उत्तम कँडेल नेदरल्याण्ड्स, टीकाराम सापकोटा बेलायत, दीपक रेग्मी नेदरल्याण्ड्स, कुश बस्नेत बेलायत, उषा भुसाल इजरायल, वेदनिधि आचार्य ओमान, नवराज लामिछाने साउदी अरब, राजेन्द्र विरही कुवेत, अंबिर जोशी मकाउ, भवानी शंकर तिवारी मेलसिया र ज्ञानेन्द्र खत्री युएई रहेका छन् ।

आउँदो महासमिति बैठकबाट विधान बनाउने, विश्व सञ्जालको कार्यसमिति स्वीकृत गरिने सुवेदीले जानकारी दिए । उनले विश्वभर छरिएर रहेका नेपालीको हित, पार्टीको हित र समग्र मुलुकको विकासमा काम गर्ने गरी कार्ययोजना बनाइने जानकारी दिए । सञ्जालले एनआरएन लगायतका विभिन्न संघसंस्थासँग सहकार्य गर्दै काम गर्नेछ ।

समिति गठन भएपछि कांग्रेस पार्टीका उपसभापति विमलेन्द्र निधिले सामाजिक सञ्जालमा पार्टीले अन्तर्राष्ट्रिय सञ्जाल वा समिति गठन नगरेको भन्दै आपत्ति जनाएका थिए । त्यसैलाई प्रष्ट्याउँदै अध्यक्ष सुवेदीले भने, ‘सञ्जाल गठन गर्नेबारे केही वर्ष अघिदेखि नै पार्टीमा छलफल भएको थियो र सबैतिर टेलिफोन वार्ता गरी तयारी गरेपछि मात्रै गठन गरिएको हो । जनसम्पर्क समितिका अध्यक्षसमेत यसको पदेन सदस्य रहने व्यवस्था राखिने छ । हालको कार्यसमितिमा २२ जना महासमिति सदस्य रहने छ ।

विश्वभर रहेका कांगे्रसलाई समेट्दै अमेरिका, अफ्रिका, गल्फ, पूर्वी एसिया, दक्षिण एसिया, युरोप र अष्ट्रेलिया क्षेत्रमा यसको संगठन बनाइनेछ । पार्टी, संघसंस्था, एनआरएन, समाज र देशको उन्नतिसहित १२बुँदे प्रेस विज्ञप्ती जारी गर्दै कांगेसलाई वैचारिक, प्राविधिक र आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा