ढकाल सुमधुर साँझ सम्पन्न

ढकाल सुमधुर साँझ सम्पन्न

न्यूयोर्क । अमेरिकाको व्यापारिक राजधानी न्यूयोर्कमा ‘ढकाल सुमधर साँझ’ सम्पन्न भएको छ । चर्चित गायक रामकृष्ण ढकालले न्यूयोर्कमा आफ्नो पहिलो पटक एकल साँझ सम्पन्न गरेका हुन् । साँझमा गायक ढकालले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए । ‘बिहान उठ्ने बित्तिकै’ गीतबाट साँझको सुरुवात गरेका ढकाललाई दर्शक–श्रोताले राम्रो साथ दिएका थिए ।

बाँसुरीमा सुशील विश्वकर्मा, तबलामा प्रमोद उपाध्याय, गीतारमा विष्णु सुनुवार, बेस गीतारमा शिशिर श्रेष्ठ, किबोर्डमा डेभिड ढकाल तथा अक्टोप्याड मादलमा न्हुच्छेमान डङ्गोलले गायक ढकाललाई साथ दिएका थिए । त्यस्तै, गायनमा  स्थानीय कलाकार बसन्ती राई र दीपा ढुङ्गेलको साथ रहेको थियो । हिमालयन इभेन्ट्सद्वारा आयोजित कार्यक्रमको संयोजन अभय ढुङ्गेलले गरेका हुन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार