काभ्रेपलाञ्चोकमा पहिरोका कारण १८ घर जोखिममा एकको मृत्यु

काभ्रेपलाञ्चोकमा पहिरोका कारण १८ घर जोखिममा एकको मृत्यु
 
 
बनेपा, साउन २४ । पहिरोले बेलाबेलामा दुःख दिइरहने काभ्रेपलाञ्चोक जिल्लामा यो पटक पनि पहिरोकै कारण समस्या झेल्नु परेको छ ।   काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चिनसौरामा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १८ घरधुरी जोखिममा परेका छन् । पहिरो कै कारण एक बालकको मृत्यु भएको छ । 
मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा डेढ वर्षको बालक दीपक तामाङको मुत्यु हुनुका साथै अन्य दुई घाइते भएका थिए । पाँच जनाको परिवार बस्दै आएको हेमबहादुर तामाङका कान्छो छोराको सुतिरहेको अवस्थामा पहिरोले पुरिएर मृत्यु भएको हो । 
एउटै बस्तीको १९ घरपरिवार जोखिममा रहेकाले अहिले उनीहरू त्यहाँ बस्न सक्ने अवस्था नभएको भन्दै त्यहाँको स्थानीय तहले पहल गरिरहेको जनाएको छ ।  
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार