नेकपाको सचिवालय बैठक बस्दै, के–के छन् एजेण्डा ?

नेकपाको सचिवालय बैठक बस्दै, के–के छन् एजेण्डा ?
 
काठमाडौँ, साउन २४ ।  नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
 
बैठकमा पार्टीको प्रदेश, जिल्ला समिति र वर्गीय संगठनको एकताको साथै मुलुकको समसामयिक राजनीति लगायतका बिषयमा छलफल हुने सचिवालय स्रोतले जनाएको छ ।
 
नेकपाको ९ सदस्यीय सचिवालयमा प्रधानमन्त्री के।पी ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा बादल छन् । विभिन्न जनवर्गीय संगठनको एकतालगायतका विभिन्न विषयमा बैठकमा छलफल हुने बुझिएको छ ।   
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा