अन्डरफिप्टिन महिला साफ च्याम्पीयनसिपमा श्रीलंका भारतसँग १२–० ले पराजित

अन्डरफिप्टिन महिला साफ च्याम्पीयनसिपमा  श्रीलंका भारतसँग १२–० ले पराजित
 
काठमाडौँ, साउन २४ । अन्डरफिप्टिन महिला साफ च्याम्पीयनसिपमा भारतले शानदार सुरुवात गरेको छ । भुटानको राजधानी थिम्पुमा शुरु प्रतियोगिताको पहिलो खेलमा भारतले श्रीलंकालाई १२–० को गोलअन्तरले पराजित गरेको हो । थिम्पुस्थित चालिमिथाङ मैदानमा खेलको १ मिनेटमा नै अग्रता लिएको भारतले पहिलो हाफमा ६ र दोस्रो हाफमा ६ गोल गरेको थियो ।
 
भारतको जितमा कप्तान सिल्की देवीले ह्याट्रिक गर्दा अभिका सिंह, सुनीता मुन्डा र अन्जुले दुई–दुई गोल गरे । दोस्रो खेलमा बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ । प्रीति राईको कप्तानीमा भुटान पुगेको नेपाली टोलीले भने शनिबार पहिलो खेल पाकिस्तानसँग खेल्नेछ । यसअघि बंगलादेशमा भएको साफ च्याम्पियनसीपमा लक्ष्यअनुसार प्रदर्शन गर्न नसकेको नेपाल यो पटक उपाधि जित्ने रणनीतिमा छ । समूहको दोस्रो खेलमा नेपालले साउन २८ गते बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग सामना गर्नेछ ।
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा