मालीमा भएको जातीय हिंसामा ११ जना मारिए

 मालीमा भएको जातीय हिंसामा ११ जना मारिए
 साउन २४ । मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् । स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । 
अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ । 
मंगलबार ११ जना फुलानी नागरिक अपहरणमा परेका थिए । उनीहरूलाई बानी नदी हुदै बजारतर्फ गइरहेका बेला सोफाराबाट डोगोङ लडाकूहरुले अपहरण गरेका हुन्, फुलानी एसोसिएसनका प्रमुख अब्दौल अजिज डिआलोले विभिन्न समाचार एजेन्सीसँग कुराकानी गरेको उल्लेख गरेका छन् ।  
फुलानी, बाम्बारा र डोगोङ किसानकाबीचमा विगत तीन बर्ष देखि मध्य मालिमा द्वन्द्व भइरहेको छ । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा