नेकपाका प्रवक्ता ‘प्रकाण्ड’अपराधी नै भएको गृहमन्त्री थापाको प्रष्टोक्ति

 नेकपाका प्रवक्ता ‘प्रकाण्ड’अपराधी नै भएको गृहमन्त्री थापाको प्रष्टोक्ति
चितवन, २५ साउन । गृहमन्त्री रामबहादुर थापाले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अपराधी भएको बताएका छन् ।
 
शुक्रवार भरतपुर विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले प्र काण्ड आपराधिक गतिविधिमा संलग्न भएकै कारण पक्राउ गरिएको बताए । 
 प्रकाण्ड वारेन्ट गरिएका व्यक्ति भएको उल्लेख गर्दै थापाले गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न तथा चन्दा आतङ्कमा संलग्न भएको कारण उनलाई पक्राउ गरिएको बताए ।  
 
गृहमन्त्रालयको काम कानुनको कार्यान्वयन गराउने भएकोले गैरकानुनी काम गर्नेलाई कानुन अनुसार सजाय दिइने थापाले बताए । सरकार र जनताले गृहमन्त्रालयलाई सुम्पिएको जिम्मेवारी दृढता पूर्वक ढङ्गले निर्वाह गरिरहेको गृहमन्त्री थापाले बताए ।  पछिल्लो समय बढेको बालिकाहरूलाई बलात्कार गर्ने र हत्या गर्ने अपराधीहरूलाई निस्तेज गर्न गृह मन्त्रालय सफल भएको थापाको भनाइ छ । भक्तपुरमा अपहरणकारीलाई गरिएको इन्काउन्टर सही भएको ठहर सरकारले गरेको गृहमन्त्री थापाको भनाई छ ।
 
२४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको उल्लेख गर्दै गृहमन्त्री थापाले प्रहरीबाट प्राप्त रिपोर्ट अनुसार उनीहरू मुठभेडमा नै मारिएकाले फुक इन्काउन्टर भनेर हल्ला मात्रै गरिएको बताए ।
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा