सामुदायिक केन्द्र बनाउन जुटे अस्टिनका नेपाली

सामुदायिक केन्द्र बनाउन जुटे अस्टिनका नेपाली
 
विश्व न्यूज संवाददाता
अस्टिन (टेक्सस) । 
टेक्ससको अस्टिन निवासी नेपालीहरु सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन अभियानमा जुटेका छन् । ग्रेटर अस्टिन नेपाली सामुदायिक केन्द्र निर्माण गर्न सुरु गरिएको आर्थिक संकलन अभियान अन्र्तगन १२ हजार १ सय २५ डलर संकलन भैसकेको छ । 
आउदो ६ महिना भित्र झण्डैं ४ लाख डलर संकलन गरी केन्द्र संचालन गर्ने लक्ष्य राखेर केन्द्र निर्माण गर्न बनेको केन्द्र निर्माण समितिले सुरु गरेको अभियान अन्र्तगतको आइतवार भएको भेलाकै क्रममा १३ जनावाट १२ हजार १ सय २५ डलर आर्थिक सहयोग जुटेको हो । 
केन्द्र निर्माणका लागि संयोजनकारी भूमिका सहीतको सक्रियता ग्रेटर अस्टिन नेपाली सोसाइटीले देखाएको हो । अस्टिनमा ५ वर्षदेखि सोसाइटी सक्रिय रहेको छ । 
अस्टिन आसपास वसोवास गर्ने सबैंको साझा केन्द्रको रुपमा सामुदायिक केन्द्र निर्माण गर्न लागिएको हो । केन्द्र निर्माण समितिका संयोजक समेत रहेको ग्रेटर अस्टिन नेपाली सोसाइटीको निवर्तमान अध्यक्ष गेहेन्द्र केसीले भने यो निर्माणमा स्थानीयको मात्र होइन हामीले अमेरिकाका विभिन्न शहरमा वस्नुहुने दाताहरुवाट सहयोग पाउने आशा राखेका छौं । 
केन्द्र निर्माण गर्न २५ सदस्यीय समिति बनाइएको छ ।  केन्द्रले कार्ययोजना वनाएर काम अघि बढाएको छ । 
केन्द्र निर्मार्णलाई दाताले जति सहयोग गर्न चाहेपनि लिइने जानकारी दिदैं केसीले १ हजार बढी सहयोग गर्ने  दाताको नाम शिलापत्र राखिने जानकारी दिए  । अस्टिन आसपास लगभर १५ सय नेपाली परिवारको वसोवास रहेको बताइन्छ । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार