एसियन खेलकुदमा पदक जित्ने खेलाडीलाई अनटिएफको नगद पुरस्कार

एसियन खेलकुदमा पदक जित्ने खेलाडीलाई अनटिएफको नगद पुरस्कार

अमेरिका ।

आसन्न एसियन खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन ९अनटिएफ० ले नगद पुरस्कार दिने भएको छ । विश्वभर रहनुहुने नेपाली तेक्वान्दो खेलका पूर्व प्रशिक्षक, प्रशिक्षक एवं खेलाडीहरुको संस्था अनटिएफले १८ औं एसियन खेलकुदमा स्वर्ण, रजत र कास्य पदक जित्ने तेक्वान्दो खेलाडीलाई क्रमशस् जनही ५ लाख, ३ लाख र १ लाख ५० हजार नगद पुरस्कार दिने जनाएको छ ।

अन्तराष्ट्रिय खेलकुदमा सहभागि खेलाडीको मनोवल उच्च वनाउन र आत्म वल बढाउन समेत यसले मद्दत गर्नेछ भन्ने विश्वास सहीत हामीले यो निर्णय गरेका हौं । संस्थाका अध्यक्ष सन्तोष प्रधानले भने – यस्ता पुरस्कारले खेलाडीहरुलाई पक्कै पनि प्रोत्साहन मिल्नेछ । साथैं अन्तरािष्ट्रय क्षेत्रमा नेपालको शान बढाउने खेलाडीलाई आगामी दिनमा अझ बढी सहयोग गर्न सकौं भन्ने हाम्रो चाहना छ । संस्थाले एसियन खेलकुदको तयारीका लागि हाल दक्षिण कोरियामा रहेका तेक्वान्दो खेलका खेलाडी तथा प्रशिक्षकलाई २ लाख मुल्य बराबरको ट्राकसुट समेत सहयोग गरेको छ । संस्थाका नेपाल च्याप्टरका पूर्व अध्यक्ष एवं सल्लाहकार नोर्वु लामा मार्फत ट्राकसुट त्यहाँ प्रशिक्षण रहेका खेलाडी तथा प्रशिक्षक गरी २० जनालाई उपलब्ध गराएको संस्थाका महासचिव लभ गोर्खालीले जानकारी दिए ।

१८ अगस्त देखि सेप्टेम्वर २ सम्म इन्डोनेसियाको जर्कातामा हुने एसियन खेलकुदमा सहभागि हुने तेक्वान्दोको राष्ट्रिय टोली खेलाडीहरुले पूर्व ओलम्पियन खेलाडी दिपक विष्ट, संगिना वैद्य र बद्री घिमिरेको प्रशिक्षणमा कोरियामा प्रशिक्षण लिइरहेका छन् । नेपालले अन्तराष्ट्रिय प्रतियोगितामा अन्य खेलको तुलनामा तेक्वान्दो खे लमा उत्कृष्ट नतिजा निकाल्दैं आएको छ । यही खेलसँग जोडिएका नेपाली पूर्व प्रशिक्षक, प्रशिक्षक, पूर्व खेलाडी र खेलाडीहरुको अन्तराष्ट्रिय संजालको रुपमा युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन ९अनटिएफ ० रहेको छ । स्थापना काल देखिनैं नेपालको खेलकुद विकासमा सहयोगी बन्दैं आएको अनटिएफले खेलाडीहरुलाई समेत सहयोग गर्दै आएको छ । हाल अनटिएफमा तेक्वान्दो खेलका पूर्व मुख्य प्रशिक्षक सन्तोष प्रधानको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति रहेको छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार