सविन–अनुको प्रेमसम्बन्ध

सविन–अनुको प्रेमसम्बन्ध

प्रेम सम्बन्धमा आरोह–अवरोहपूर्ण सम्बन्धमा रहेकी नायिका अनु शाहले नायक सविन श्रेष्ठसँगको सम्बन्धका विषयमा खुलेर कुरा गर्न थालेकी छन् । सविनसँग अब कहिल्यै नछुट्टिने अवस्थामा सम्बन्ध पुगेको उनले बताउन थालेकी छन् । २०६८ सालमा पहिलो पटक यी दुईको भेटघाट भएको थियो । प्रेम सम्बन्धलाई कहिलेसम्ममा विवाहमा परिणत गर्ने भन्ने विषयमा यी दुईले निर्णय लिएका छैनन् ।

म्युजिक भिडियोमा व्यस्त हुने नायिकामध्ये एक हुन् अनु शाह । ठूला पर्दामा पनि पछिल्लो समय उनी चर्चामा छन् । सेक्सको अनुभव नभएको भन्दै उनले ब्लूफिल्मबारेमा सुनेको र त्यो नहेरेको बताउने गरेकी छन् । बाबा रामदेवको फ्यान भएकाले उनले सुटिङबाहेकका दिनमा योगा गर्ने गर्छिन् । ब्यूटिपार्लर पनि उनको नियमित सेडियुल हो । उनले महिनामा एक दिन यसका लागि समय छुट्याउने बताउँछिन् । अनुहारमा चम्किलोपन कायम राख्नका लागि उनले दैनिक ४ लिटर पानी पिउछिन् । सारी लाउनका लागि उनलाई निकै मन परे पनि सुटिङका बेलामा भने उनले मिनीस्कर्ट नै लगाउने गरेकी छन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार