राजनीतिमा आउने तयारी गर्दै कमल हसन

राजनीतिमा आउने तयारी गर्दै कमल हसन

मुम्बई, (एजेन्सी) । भारतीय फिल्म स्टार कमल हसनले राजनीतिमा आउने तयारी गरेका छन् । झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २ सय वटा फिल्ममा काम गरेका छन् । उनलाई भारतको फिल्म क्षेत्रमा सम्मानित व्यक्तिका रूपमा लिइन्छ ।

फिल्म सेन्सरसिपको झमेलामा परेका ६३ वर्षीय हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी गठन गरेका छन् । उनले सो पार्टीमार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बनाएका छन् । ‘यस्तो देशभरि नै भइरहेको छ, यो निकै चुनौतीपूर्ण पनि छ, सबै कलाकारले अब आफ्नो अधिकारका लागि बोल्नेछन्,’ एएफपीसँगको एउटा अन्तरवार्तामा उनले भनेका छन् ।

थपु्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका र ‘बक्स अफिस’मा लोकप्रियता हासिल गरेका कलाकारहरूले त्यो लोकप्रियतालाई मतपेटिकामा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ । हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गत फेब्रुअरीमा गठन गरेका थिए । तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ । यो पार्टीले आगामी आमनिर्वाचनमा पहिलो पटक भाग लिने बताइएको छ । सन् २०१९ मा हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेगरी प्रतिस्पर्धा गर्नेछन् ।

हसनले आफ्नो पार्टी वाक् स्वतन्त्रताका लागि लड्नुका साथै धार्मिक विविधताको राष्ट्रिय विशेषताको रक्षाका लागि क्रियाशील रहेको बताएका छन् । ‘मैले अहिलेको अवस्थालाई चुनौती दिन चाहन्छु, मैले केन्द्रीयताका लागि यो गरिरहेको छैन, मेरो उद्देश्य पूरा भएपछि राजीनामा दिन चाहन्छु’, उनले भनेका छन् । हसनले भारतका तमिल, तेलुगु, मालायालाम र हिन्दी भाषाका धेरै फिल्महरू उत्पादन गर्ने, निर्देशन गर्ने र गीत गाउने गरेका छन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार