अम्बा अर्थात् बेलौती– स्वास्थ्यका लागि फाइदैफाइदा

अम्बा अर्थात् बेलौती– स्वास्थ्यका लागि फाइदैफाइदा

काठमाडौं । नेपालमा बेलौती वा अम्बा मौसमी फलफूलमा पहाडी क्षेत्र र तराईमा पाइने फल हो । केही उच्च पहाडी क्षेत्रमा समेत यो फल पाइन्छ । अम्बालाई अंग्रेजीमा यसलाई ग्वाभा भनिन्छ । यसलाई बेलौती र अम्बाका नामले चिन्ने गरिन्छ । म्यारटेसी परिवारअन्तर्गत पर्ने फल अम्बाको रुख १५ देखि २० फिटसम्म अग्लो हुने गर्छ । पतझड वर्गको वनस्पति अम्बा नेपालका पहाड, भित्री मधेस र तराईमा पाइने कृषि वैज्ञानिकहरुले बताएका छन् । झण्डै १ हजार ५ सय मिटरको उचाइँसम्म यसको व्यावसायिक खेती सफलतापूर्वक हुने गरेको  छ । अम्बालाई उष्ण हावापानी चाहिन्छ । फल्दाफुल्दा सुख्खा वातावरणमा अम्बालाई २३ डिग्री सेल्सियससम्मको तापक्रम र १ हजारदेखि २ हजार मिलिलिटरको वार्षिक वर्षा आवश्यक पर्छ ।

नेपालमा सजिलो र सस्तो फलफूलमध्ये अम्बा पहिलो नम्बरमा आउँछ । नेपालमा व्यावसायिक खेतीको अभावले हरेक वर्ष लाखौं रुपैयाँको अम्बा भारतबाट नेपालमा आउने गरेको छ । अम्बाको जुसको कुरा गर्दा करोडौं रुपैयाँको आयात गरिएको सरकारी तथ्याङ्क रहेको छ । पाचन प्रणालीमा सकारात्मक असर गर्ने भएकाले यसलाई प्रकृतिको देनका रुपमा लिने गरिन्छ । त्यसो त सबै प्रकारका फलफूललाई प्रकृतिको प्रदानका रुपमा लिने गरिन्छ । मानव स्वास्थ्यमा फलफूलको महत्वपूर्ण भूमिका हुन्छ । अम्बा पनि मानव स्वास्थ्यका लागि निकै नै लाभदायक मान्न सकिन्छ । चिकित्सकहरुका अनुसार अम्बामा भिटामिन सी, फाइबर र अन्य महत्वपूर्ण भिटामिन तथा खनिजसमेत पाइन्छ । अम्बाको फलमा मात्र नभएर पातमा समेत औषधीय गुण पाइन्छ ।

अम्बाको फलमा पाचन प्रणालीलाई सन्तुलनमा राख्ने क्षमताका विषयमा धेरै चर्चा गर्नु आवश्यक छैन । तर, यसको पातमा हुने एण्टी अक्सिडेन्ट, एण्टी ब्याक्टेरियल लगायतका दर्जनौं प्रकारका गुणहरु हुन्छन् । छालासम्बन्धी स्वास्थ्य समस्या मात्र नभएर शरीरका विभिन्न अंगका रोग निको गर्न यसका पातको समेत प्रयोग गरिन्छ । अम्बाको पातमा मधुमेह रोगीका लागि लाभदायक पदार्थ हुन्छ । पातबाट बनेको चिया मधुमेह रोगीका लागि निकै फाइदाजनक हुन्छ । अम्बाको पातको चियासेवन गर्नाले रगतमा चिनीको मात्र कमी हुन्छ । आयुर्वेदमा समेत अम्बाको पातलाई झाडापखलाबाट मुक्ति लिनका लागि प्रयोग गरिन्छ । अम्बाको पात झाडापखालाको समस्यामा निकै लाभदायक हुन्छ । ३० ग्राम अम्बाको पात र एक मुठ्ठी चामलको पीठोमा दुई गिलास पानी हालेर उमालेको पानी दिनको दुई पटक पिउँदा रोगबाट मुक्ति मिल्छ ।

आजभोलि आम नागरिकमा मोटोपनको समस्या निकै हुने गरेको छ । स्वदेश होस् वा विदेश जहाँ बसे पनि खानपानमा होस् नपु¥याउँदा आम नागरिकमा तौल बढ्ने समस्या छ । मोटापन घटाउनका लागि अम्बाको पात उपयोगी बन्न सक्छ । यसले कार्बोहाइडे«डमा पाइने स्टार्चलाई चिनीमा बदलिने प्रक्रियालाई रोक्छ । जसले गर्दा तौल कम गर्न सहयोग हुन्छ । अम्बा फलले मात्र नभएर पातले समेत खाना नपच्ने समस्याको छुट्कारा दिन्छ । डाइजेष्टिभ इन्जाइमलाई बढाएर यसले खाना पचाउन मद्दत गर्छ । मुटु रोगीका लागि पनि यो निकै फाइदाजनक रहेको छ । रगतमा क्लोरेष्ट्रोलको मात्रा कम गराउनका लागि अम्बाको पात उपयोगी हुने गरेको छ ।  

अम्बाको पातले कपाल बलियो पार्नसमेत मद्दत पुग्ने अनुसन्धानबाट खुलेको छ । अम्बाको पातको अर्को गुण यसले कपाल बलियो बनाउनुका साथै छालको पनि राम्रो हेरचाह गर्छ । यसका लागि अम्बाको ताजा पातको रस पिउनु उपयुक्त मानिन्छ । त्यतिमात्र होइन एलर्जीको अन्त्य  गर्नका लागि  पनि यसले सहयोग पु¥याउँछ । अम्बाको पातमा हुने एण्टिसेप्टिक गुणले डण्डीफोरको अन्त्यका लागि पनि काम गर्छ । ताजा पात पिसेर डण्डिफोर भएको ठाउँमा लगाएको अवस्थामा यसबाट मुक्ति मिल्छ ।  

पातको मात्र होइन विभिन्न प्रकारका उपचारमा फलले पनि फाइदा पु¥याउँछ । अम्बामा भिटामिन सी, भिटामिन ए, क्याल्सियम र आइरन पाइन्छ । जाडोमा छाला फुस्रो हुने समस्या र मुखमा आउने खटिरालाई पनि अम्बाले निको पुराउन मद्दत गर्छ  । रुघाखोकीबाट बच्नका लागि अम्बा खाँदा खानुपर्छ भने सास गनाउने समस्या भएमा वा दाँतको दुखाई कम गर्नसमेत पातले सहयोग पु¥याउँछ । अम्बाको फलमा पाइने पोटासियम र म्गाग्नेसियमले मुटु र मांसपेशीलाई दुरुस्त अवस्थामा राख्न मद्दत गर्छ । अम्बाको फलमा पाइने फाइबरका कारण मधुमेहका रोगीले सेवन गर्दा सहयोग पु¥याउँछ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा