एनएसटी र भुटनिज समाजबीच सहकार्य

एनएसटी र भुटनिज समाजबीच सहकार्य
 
विश्व न्यूज संवाददाता
डलास (टेक्सस) । 
 
नेपाली समाज टेक्सस (एनएसटी) र भुटनिज समाज टेक्ससले निश्चित कार्यमा सहकार्य गर्ने भएका छन् । नेपाली भाषा, धर्म, संस्कृति र संस्कार संरक्षण र सम्वद्र्दनमा लागेका टेक्सस डलासका यी दुई समाजले एक आपसमा सहकार्य गरेर अघि बढ्ने जनाएका छन् । 
भुटनिज समुदाय समेत नेपाली भाषी समुदाय भएकाले नेपाली समाज टेक्ससले यस समुदायको संस्थासँग हातेमालो गर्दा दुवैं समुदायको साझा अभियानमा सहयोग पुग्ने अपेक्षा लिएको नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले बताए । दुवैं संस्थाका अध्यक्ष बीच आगामी दिनमा विभिन्न पर्व तथा कार्यक्रमहरुमा सहकार्य गर्ने बारे छलफल भएका समाजले जनाएको छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार