एनएसटी र च्याम्वरले गर्ने भए अन्तरक्रिया

एनएसटी र च्याम्वरले गर्ने भए अन्तरक्रिया
 
विश्व न्यूज संवाददाता
डलास (टेक्सस) । 
खुद्रा व्यवसायमा रहेका चुनौती व्यवस्थापनका बारे टेक्ससको डलासमा अन्तरक्रिया हुने भएको छ ।  ग्याँस स्टेसन, ग्रोसरी स्टोर, लिकर स्टोर जस्ता खुद्रा व्यवसायमा अमेरिकामा व्यवसाय गरिरहेका नेपालीको ठूलो हिस्सा रहेको छ । 
यस व्यवसायमा देखिएका आन्तरिक तथा ब्राह्य चुनौती बारे छलफल गरी व्यवसाय प्रवद्र्दनमा टेवा पुग्ने अपेक्षा सहीत नेपाली समाज टेक्सस र नेपलिज अमेरिकन च्याम्बर अफ कमर्शले अन्तरक्रिया गर्न लागेका हुन् । 
अगस्त १९ मा गर्न लागिएको अन्तरक्रियामा खुद्रा व्यवसायमा रहेका व्यवसायीहरुको अनुभव आदानप्रदान गरिनुका साथैं पछिल्लो समय खुद्रा व्यवसाय संचालन स्थलमा देखिएका अपराधका घटनाहरु बारे समेत समिक्षा गरिने र त्यसलाई कसरी कम गर्न सकिन्छ त्यसबारे छलफल गरिने  आयोजकले जनाएका छन् । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार