मधेसवादी नेता हृदयश त्रिपाठी नेकपामा प्रवेश

काठमाडौँ, साउन ३१ । सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका सांसद हृदयश त्रिपाठी औपचारिक रुपमा नेकपामा प्रवेश गरेका छन् । नेकपाको धुम्वाराहीस्थित पार्टी कार्यालयमा त्रिपाठी लगायत अन्य केही नेताहरु प्रवेश गराउने अन्तिम तयारी भएको छ । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको उपस्थितिमा नेता त्रिपाठी लगायत नेताहरु पार्टीमा प्रवेश गराउन लागिएको हो ।
गत निर्वाचन अघि राजपा त्यागेका त्रिपाठी प्रतिनिधिसभाको निर्वाचनमा नवलपरासी १ बाट विजयी भएका थिए । त्रिपाठीसहित बृजेश गुप्ता पनि नेकपामा प्रवेश गर्ने भएका छन् । राजपाका तत्कालीन नेताहरु सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए । त्रिपाठीसहित अन्य पार्टीका नेताहरु समेत नेकपा प्रवेश गर्न लागेको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
अन्तरवार्ता
-
पार्टीको त यो हालत छ भने त्यही पार्टीको सरकारको हालत के होला ? मैले त फर्केर हेरेको पनि छैन
२०७५-११-२ ० बिचार / प्रतिक्रिया