नापी कार्यालय रौतहटका अधिकृत घुससहित पक्राउ

 नापी कार्यालय रौतहटका अधिकृत घुससहित पक्राउ
 
काठमाडौँ, साउन ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १४ हजार घुस लिएको अभियोगमा नापी कार्यालय रौतहटका नापी अधिकृत धीरेन्द्रकुमार लाललाई पक्राउ गरेको छ । 
 
एक सेवाग्राहीको अंशबण्डा गर्ने सिलसिलामा जग्गा रेखाङ्कन तथा कित्ताकाट प्रयोजनका क्रममा घुस माग्दामाग्दै आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आरोपी लालको थप अनुसन्धान भइरहेको आयोगको भनाइ छ । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार