भारतका पूर्व प्रधानमन्त्री वाजपेयी रहेनन्

 भारतका पूर्व प्रधानमन्त्री वाजपेयी रहेनन्
 
काठमाडौं, साउन ३१ । भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ  ।  पूर्व प्रधानमन्त्री  वाजपेयीको एम्स अस्पतालमा  उपचारको क्रममा बिहिबार बेलुकी निधन भएको हो ।  वाजपेयीको अवस्था चिन्ताजनक  भएपछि उनलार्इ भेट्न प्रधानमन्त्री नरेन्द्र मोदीसहित नेताहरु अस्पताल पुगेका थिए ।  प्रधानमन्त्री मोदी र अन्य नेताहरूको वाजपेयीसँग त्यो भेट नै अन्तिम बनेको छ  ।
 
वाजपेयीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि भारतीय जनता पार्टीको राष्ट्रिय कार्यकारिणी बैठकसमेत रद्द भएको थियो । मिर्गौला, छाति र पिशाब नलीमा समस्या देखिएपछि बाजपेयी ११ जुनमा एम्स अस्पतालमा भर्ना गरिएको थियो ।
 
वाजपेयी अशल पत्रकार, लेखक, कवि हुँदै भारतका १० औँ प्रधानमन्त्री बनेका थिए । उनी  सन १९९६ देखि २००४ सम्म दुईपटक प्रधानमन्त्री भए ।  वाजपेयी भारतीय जनसेवक संघका संस्थापक र पछि अध्यक्ष बन्नुभयो । राष्ट्रिय स्वयम्सेवक संघका प्रचारक वाजपेयी अविवाहित थिए । वाजपेयीको मेरी इक्वायन कविता संग्रह भारतमै प्रसिद्ध छ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार