श्रीमतीको हत्या आरोपमा परमेश्वर पक्राउ

 श्रीमतीको हत्या आरोपमा परमेश्वर पक्राउ
 
लहान, भदौ २ । श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको थियो । 
 
गत २०७५ जेठ २४ गते सोनिताको हत्या गरी परमेश्वर फरार भएको सूचनापश्चात् खोजतलाश गर्ने क्रममा घरमा बसिरहेको अवस्थामा प्रहरीले परमेश्वरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिए ।   
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार