ओलीको चुच्चे रेल नेपाल ल्याउने सपना सम्भव तर निकै जटिल

ओलीको चुच्चे रेल नेपाल ल्याउने सपना सम्भव तर निकै जटिल
 
काठमाडौँ, भदौ ३ । भर्खरै प्रारम्भिक सम्भावना औंल्याइएको र विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउन बाँकी रहेको केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्भव देखिएको प्रतिवेदन आएको छ । चीनले बनाउन चासो देखाएको सो रेलमार्ग निर्माणका लागि भने जटिल देखिएको छ । चीनले तयार पारेको केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार यस्तो देखिएको हो । एक साता आगडि नै चीनले तयार पारेर नेपालाई दिइसकेको प्रतिवेदनमा  थप छलफल गर्न नेपाली प्रतिनिधिमण्डल शनिबार चीन प्रस्थान गरेको छ ।
 
भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसूदन अधिकारी नेतृत्वको टोलीमा रेल विभागका महानिर्देशक अनन्त आचार्य, मन्त्रालयका सहसचिव र विभागका इन्जिनियरसहित सात जना सहभागी छन् । यो प्रतिवेदनले अहिलेसम्मकै जटिल र कठिन रेलमार्ग भए पनि चिनियाँ पक्षले यसलाई बनाएर नयाँ अनुभव लिन चाहेको बुझिएको छ ।  
 आर्थिक लाभका दृष्टिले भन्दा पनि कूटनीतिक हिसाबले र अन्तर्राष्ट्रिय रेलमार्गको सञ्जालमा नेपाललाई जोड्न निम्ति अत्यावश्यक भएको भन्दै नेपालले निर्माण गर्नुपर्ने जनाएको छ ।   
 
नेपालको ट्रान्सहिमालय रुटमा पर्ने यो रेलमार्ग भौगोलिक बनावटले पनि निर्माणमा कठिन देखिएको बुझिएको छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार