बिरालासँग रमाउँदै नायिका मिरुना मगर

बिरालासँग रमाउँदै नायिका मिरुना मगर

मिरुना मगर पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा चर्चाको नाम हो । चलचित्र लालपूर्जाबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका मगर बेलायतमा हुर्के बढेकी हुन् । सानै उमेरबाटै उनलाई चलचित्र क्षेत्रमा रुची थियो । मेकअपमा अलि ध्यान दिने उनी फेसनेबल भएर हिड्न मन पराउँदिनन् । पहिलो भेटमै जोकसैसँग घुलमिल हुन सक्ने उनी प्रेम सम्बन्धमा भने नपरेको बताउँछिन् ।

स्नातकसम्मको अध्ययन गरेकी उनी फुर्सदको समयमा पुस्तक पढ्ने र गीत संगीतमा रमाउने गरेकी छन् । आफ्नो आँखा सबैलाई आकर्षित गर्ने खालको भएको उनी बताउँछिन् । दुईवटा बिराला पालेकी मिरुनालाई बिरालासंग खेल्न खुबै मन पर्छ । प्रेम प्रस्ताव आए पनि उनलाई ती प्रस्तावलाई समर्थन वा विरोध गर्ने फुर्सद छैन ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार