अक्टुवर १४ मा डलासमा दसैं कप

अक्टुवर १४ मा डलासमा  दसैं कप
 
विश्व न्यूज संवाददाता
डलास (टेक्सस) । 
अमेरिकाको टेक्सस डलासमा दसैं कप फुटवल प्रतियोगिता आयोजना गरिने भएको छ । यस क्षेत्रमा लामो समयदेखि फुटवल खेलमा सक्रिय भास्टिका डलास गोर्खाज फुटवल क्लबले दसैं कप आयोजना गर्न लागेको हो । विजयादशमीको अवसर पारेर सात वर्षदेखि निरन्तर दसैं कप गर्दै आएको क्लबले यो वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको हो । 
डलास नजिक ग्रेपभाइन ताल नजिकको फुटवल मैदानमा फाइभ ए साइड फुटवल प्रतियोगिता गर्न लागिएको क्लबले जनाएको छ । 
अक्टुवर १४ मा हुने प्रतियोगितामा दुई वटा समुह निर्धारण गरिएको र एउटा खुल्ला उमेर समुह राखिएको र अर्को ३५ वर्ष उमेर पुगिसक्नुभएकाहरुको लागि समुह बनाइएको क्लबका अध्यक्ष विनोद विष्टले जानकारी दिए । 
सातौं दसैं कप खुल्ला तर्फको विजेता समुहलाई २ हजार डलर नगद पुरस्कारको व्यवस्था गरिएको उनले बतँए । जुन गत वर्ष भन्दा ५ सय डलर बढी हो । यस्तैं यो समुहको उपविजेताले ८ सय डलर नगद पाउनेछ । त्यस्तैं, ३५ वर्ष उमेर कटेकाहरुको प्रतियोगिताको विजेताले १ हजार डलर र उपविजेता समुहले ५ सय डलर पुरस्कार पाउनेछन् । 
प्रतियोगितामा सहभागि हुनका लागि खुल्ला तर्फ प्रवेश शुल्क ३ सय ५० र ३५ वर्ष उमेर तर्फ ३ सय डलर राखिएको जनाउदैं विष्टले समुह दर्ता गर्न इच्छुक सम्पूर्ण फुटवल क्लबलाई आग्रह गरेका छन् । 
वालबालिकाको लागि समेत वर्षेनी बालबालिकाका लागि फुटवल भन्ने नारासहीत शिविर चलाउदैं आएको डलास गोर्खाजले दसैं कपको अवसरमा १४ वर्ष मुनीका बालबालिकाका लागि खेलहरु खेलाइने जनाएको छ । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार