नाइ नभन्नु ल नेपालमा प्रर्दशन, अमेरिकामा यसैं साता

नाइ नभन्नु ल नेपालमा प्रर्दशन, अमेरिकामा यसैं साता
विश्व न्यूज संवाददाता
काठमाण्डौं ।
नाइ नभन्नु ल –५ यसैं साता प्रर्दशनमा आएको  छ । विकास राज आचार्यको निर्देशन रहेको नाइ नभन्नु ल – ५ ले दर्शकको मन जित्न सफल भैरहेको छ । अमेरिकाका व्यवसायी एवं एनआरएनएका अभियन्ताहरु हरी बोल भण्डारी र  गौरी राज जोशीको लगानी रहेको चलचित्रले देशवाहिर समेत सफल व्यापार गर्ने अपेक्षा निर्माण पक्षले गरेको छ । 
निरुता सिंह, प्रियंका कार्की, दिलिप रायमाझी, केकी अधिकारी,  अनुभव रेग्मी, कुटुमा कुटुबाट अब्बल दर्शकले रुचाएकी स्वस्तिमा खड्का, बुद्धि तामाङ, जयनन्द लामा, उत्तम केसी लगायतका कलाकार हरुको चलचित्रमा अभिनय रहेको छ । प्रेम कथामा आधारित यो चलचित्रमा स्वस्तिमा र प्रियंकाको आमाछोरीको रोल रहेको चलचित्र निर्माण पक्षले जनाएको छ ।
यस अघि निर्मित नाइ नभन्नु ल का ४ वटैं श्रृखंलाले  सफलता हासिल गरेपछि निर्माण पक्षले यो पा“चौ स्करणको निर्माण गरेको हो । यो संस्करणमा नायकको मुख्य भूमिकामा अनुभव रेग्मी रहेका छन् । 
यस चलचित्रमा बाल कलाकारको रुपमा  डेब्यू गरेकी झापा दमककी सेड्रिना शर्मा र अभिषेक नेपाल को भूमिकालाई दर्शकले रुचाएका छन् । नेपालका सिनेमाघरमा भदौं ८ देखि प्रर्दशन सुरु भएको चलचित्र अमेरिकामा यसैं साता विहिवारदेखि प्रर्दशन हुने  छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार