बिक्कीको दुई म्युजिक भिडियो बजारमा

बिक्कीको दुई म्युजिक भिडियो बजारमा

न्यूयोर्क । हालसम्म दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका कलाकार तथा निर्देशक बिक्की पुलामीले यसपटक २ फरक विधाको म्युजिक भिडियो बजारमा ल्याएका छन् । ‘आऊ पुतली तिमी र मसँगै नाचौंला...’ बोलको गीतको ‘पुतली’ नामक म्युजिक भिडियोमा शब्द, स्वर, संगीत गायक दीलिप के श्रीसको रहेको छ भने गीतको कम्पोज रिकेश गुरुङले गरेका छन् ।

ओम मेगा स्टुडियो, न्यूयोर्कमा तयार पारिएको पुतलीको कोरियोग्राफी शंकर बिसीले गरेका छन् । कलाकारहरु पार्वती रार्ई दिलिप, सुरेश पुन र सुनिल मगर अभिनय गरेको उक्त म्युजिक भिडियोको छायाङ्कन शम्भु मोक्तान, सम्पादन प्रबिन श्रेष्ठले गरेका हुन् भने पुलामीले निर्देशन गरेका हुन् ।  

२०१५ को अन्त्यतिर अमेरिका आएदेखि नै उनी म्युजिक भिडियो निर्माण गर्ने काममा सक्रिय भए । त्यसैगरी स्वर–संगीत करणराज कार्की, शब्द बबी थापा, एरेन्ज बिजेश्वर तण्डुकारको रहेको ‘किन पोल्छ यो छाती’ पनि भर्खरै मात्र बजारमा आएको छ । कलाकार रिमा विश्वकर्मा र रोकेश गुरुङको अभिनय रहेको उक्त भिडियोको छायाङ्कन शम्भु मोक्तान र सम्पादन फरान अर्पणले गरेका हुन् भने निर्देशन पुलामीले गरेका हुन् । किन पोल्छ यो छातीमा श्रीमान्–श्रीमतीबीच हुने सानोतिनो मिस अन्डरस्ट्यान्डिङले जीवनमा आउने उतारचढावलाई देखाउन खोजिएको छ भने पुतलीले रोमान्टिक विषयवस्तुलाई प्रस्तुत गरेको छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार