दीपिकाको ग्लामरस राज

दीपिकाको ग्लामरस राज

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको थोरै समयमै चर्चामा आउने नायिका हुन् दीपिका प्रसाईं । अहिले उनी छक्कापञ्जा–३ को सुटिङमा व्यस्त छिन् । सुटिङका क्रममा नायक तथा कलाकार दीपकराज गिरीसँग मस्ती गरिएको भन्दै सामाजिक सञ्जालमा उनको तस्वीर सार्वजनिक भएका छन् । अभिनेता रमेश उप्रेतीको चलचित्र ऐश्वर्यमार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी सफल नायिकाका रुपमा स्थापित हुन थालेकी छन् । ५ फिट ६ इन्चकी दीपिका कैलालीको अत्तरियाकी हुन् । २२ वर्षीय उनी अहिले भने काठमाडौंको नयाँ बानेश्वरमा बस्छिन् । उनले सोसल वर्कमा ब्याचलरसम्मको अध्ययन गरेकी छन् ।

फोटोग्राफर गौतम धिमालसँग फोटो सुट गरेपछि चर्चामा आएकी थिइन् उनी । त्यही फोटोसुटका कारण उनले विभिन्न म्युजिक भिडियो र विज्ञापनमा खेल्ने अफर पाएकी थिइन् । उनको चलचित्र ऐश्वर्यका निर्देशक दिवाकर भट्टराईसँग प्रेमसम्बन्धमा रहेको चर्चा चल्ने गरेको छ । गाउन र वान पिसले आफूलाई ग्लामरस देखाउने उनी बताउँछिन् । 

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार