शेर्पा संघ अमेरिकामा निमा शेर्पा

शेर्पा संघ अमेरिकामा निमा शेर्पा

न्यूयोर्क । शेर्पा संघ, अमेरिकाको प्रथम अधिवेशनले सिन्धुपाल्चोकका निमा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । त्यस्तै, नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ल्हाक्पा देण्डी शेर्पा (भोजपुर), उपाध्यक्षमा मिङ्मार शेर्पा (खोटाङ), महासचिवमा फुर्वा शेर्पा (सोलुखुम्बु), सचिवमा डोमा शेर्पा (सोलुखुम्बु) कोषाध्यक्षमा साङ्मु शेर्पा (संखुवासभा) र सहकोषाध्यक्षमा आङ पासाङ लामा शेर्पा एपी (दोलखा) निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरूमा आङछिरिङ शेर्पा (दोलखा), सोनाम गेल्बु शेर्पा (रामेछाप), डोल्मा शेर्पा (दोलखा), गेल्बु शेर्पा (ओखलढुंगा), लक्ष्मी शेर्पा (सिन्धुपाल्चोक), आङफुरी शेर्पा (सोलुखुम्बु) फुर्वाछिरी शेर्पा (दोलखा) र ग्युर्मे शेर्पा (दोलखा) निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीलाई लुम्बिनी विकास कोषका पूर्वसदस्य सचिव आङ्दावा शेर्पाले प्रमाणपत्र प्रदान गरेका थिए । प्रमुख अतिथि बौद्ध धर्मगुरु उर्गेन टुल्कु रिम्पोछेले शपथ दिलाएका थिए ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार