भुटानविरुद्व नेपालको फराकिलो जीत

भुटानविरुद्व नेपालको फराकिलो जीत
विश्व न्यूज संवाददाता
काठमाण्डौं । 
बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटवल प्रतियोगितामा नेपालले भुटान विरुद्धको विहिवार भएको खेलमा फराकिलो अन्तरमा जीत हासिल गरेको छ । राजधानी ढाका बगबन्धु रंगशालामा भएको खेलमा नेपाललाई फराकिलो जित दिलाउने क्रममा अनन्त तामाङ, सुनील बल, भरत खवास र निराजन खड्काले गोल गरेका थिए । बलले एक गोल गर्नुका साथैं अन्य गोलका लागि सहयोगी भूमिका खेलेका थिए । 
जीत सँगैं नेपालले प्रतियोगिताको सेमिफाइनमा पुग्ने संभावना बलियो बनाएको छ । पहिलो खेलमा पाकिस्तानसँग हार व्यवहोरेको नेपालले समुह चरणको अन्तिम खेल आयोजक बंगलादेशसँग खेल्नेछ । नेपालले एक जितसँगैं ३ अंक जोडेको छ । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार