नेपालमा लगानी गर्न पूर्व अर्थमन्त्रीको आग्रह

नेपालमा लगानी गर्न पूर्व अर्थमन्त्रीको आग्रह
विश्व न्यूज संवाददाता
डलास (टेक्सस) । 
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् ।  विकास र समृद्दि अपरिहार्य रहेको बताउँदैं उनले यसका लागि लगानी भित्राउनुपर्ने आवश्यकतामा जोड दिए । 
लगानी मैत्री वातावरण निर्माणमा सरकार लागिरहेको उल्लेख गर्दै सत्ता पक्षीय दल नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका पाण्डेले अहिले लगानीका क्षेत्र निर्धारण गरेर अघि बढ्नुपर्ने बताए । 
विहिवार नेपलिज अमेरिकन च्याम्बर अफ कर्मशले नेपालमा लगानी अवसर र चुनौती विषयमा यहा गरेको अन्तरक्रियामा पूर्व अर्थमन्त्री पाण्डेले नेपालमा उर्जा, पर्यटन, कृषि, खानी र मानव संसाधनको क्षेत्रमा लगानीको आवश्यकता र संभावना रहेको जनाए । उनले सरकार आवश्यक वातावरण बनाउन र लगानीको प्रतिफल सुनिश्चित गराइदिने दिशामा अगाडि बढेकाले  आफुलाई उपयोगी लाग्ने क्षेत्र पहिचान गरी  लगानी गर्न आग्रह गरे । 
विभिन्न देशमा रहनुहुने  नेपालीलाई नेपालको विकास र समृद्दिमा जोड्नका लागि तीन प्रकारले उनीहरुको सहभागिता गराउन सकिने बताउदैं पूर्व मन्त्री पाण्डेले सिप र लगानी गराएर, सिप लगानी अनि प्रत्यक्ष सहभागिता गराएर तथा नेपालमैं काम गर्ने अवसर निर्माण गराएर जान सकिने उल्लेख गरे । 
नेपालको विकास र समृद्दि साझा संकल्प भएको बताउदैं उनले टिप्पणीको तहवाट माथि एकतावद्ध भई लाग्नुपर्नेमा जोड दिए । गैर आवासीय नेपालीको सन्दर्भमा सरकार सकारात्मक भएको बताउदैं प्रतिनिधि सभाका सदस्य समेत रहेका पाण्डेले सरकारप्रति शंका नगर्न अनुरोध गरे ।
च्याम्बरका कार्यवाहक अध्यक्ष सुरज पौडेलले अध्यक्षता र महासचिव बाल जोशीले सहजीकरण गरेको कार्यक्रममा अमेरिकामा विभिन्न पेशा व्यवसायमा आवद्धहरु डा. प्रेम अधिकारी, बासु भण्डारी, भानु खरेल, कपिल अधिकारी, बेद बस्नेत, सुरेश पोखरेल, भक्त भण्डारी,सुरेश बस्याल, सुवर्ण पोखरेलले लगायतले नेपालमा लगानीका लागि पर्ने कठिनाई, दोहोरो करप्रणाली, नेपालवाट पैसा ल्याउन चाहदा परिरहेको अप्ठ्यारा, शुसासन ल्याउन सरकार चुकेको विषयदेखि सरकारको कामकारवाहीवाट गैर आवासीय नेपालीमा जन्मिएको आंशका लगायतका विषय प्रश्नको रुपमा पूर्व  अर्थमन्त्री समक्ष राखेका थिए । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार