डा. पुनसँग टेक्ससमा अन्तरक्रिया

डा. पुनसँग टेक्ससमा अन्तरक्रिया
विश्व न्यूज संवाददाता
अर्विङ ।
राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनसँग टेक्ससको डलासमा अन्तरक्रिया गरिएको छ । म्यागासेसे पुरस्कार विजेता समेत रहेका पुनले नेपालमा आविस्कार केन्द्र बनाएर नया खोज तथा अनुसंधानलाई अगाडि बढाउने अभियानको थालनी गरेका छन् । 
त्यसका लागि सबैंको साथ सहयोगको अपेक्षा सहीत देश विदेशको यात्रा गरिरहेका पुनसँग गैर आवासीय नेपाली संघ अमेरिका टेक्सस च्याप्टरको संयोजन यहा अन्य संघसंस्थाको समेत सहकार्यमा अन्तरक्रिया कार्यक्रम आइतवार गरिएको हो । वायरलेस प्रविधिद्धारा म्याग्दीको ग्रामिण क्षेत्रमा इन्टरनेटको पहुँच पुऱ्याएर चर्चामा रहेका पुनले अन्तरक्रियामा देशको विकास र समृद्दिमा आविस्कार केन्द्रको आवश्यकता, खोज तथा अनुसंधानको महत्वमाथि प्रकाश पारेका थिए । 
उनले विज्ञान र प्रविधिको वर्तमान युगमा यसवाट टाढा रहेर देशको समृद्दि संभव नहुने भन्दैं देशलाई साच्चिकैं विकासित बनाउने हो भने सरकार र अन्य क्षेत्रको ध्यान यसमा केन्द्रीत हुनुपर्नेमा जोड दिए । उनले आविस्कार केन्द्रका लागि तत्काल सहयोग संकलनको काम भएपनि यसलाई स्थायी रुपमा संचालन गर्न सकिने विधिको खोजीमा आफुहरुको रहेको बताए । अहिले गरिने आर्थिक सहयोग संकलन वाट दिर्घकालिन रुपमा आम्दानी हुने क्षेत्रमा लगानी गरी त्यसवाट आविस्कार केन्द्र चलाउने आफुहरुको सोंच रहेको जनाए । 
अमेरिकामा उच्च शिक्षा हासिल गरेर फर्किएका वैज्ञानिक पुनले सुरुवात गर्नुभएको यो अभियान देशको विकास र समृद्दिमा सहयोगी बन्ने भएकाले र दिर्घकालिन रुपमा समेत देशका लागि खोज तथा अनुसंधानको क्षेत्र आवश्यक पर्ने हुदा यहासमेत अन्तरक्रिया आयोजना गरिएको एनआरएनए अमेरिकाका टेक्सस च्याप्टर अध्यक्ष भानु खरेलले बताए ।   
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार