दिल्लीको खवर बालुवाटार पुर्याएर प्रचण्ड ककनी हानिएपछि...

दिल्लीको खवर बालुवाटार पुर्याएर प्रचण्ड ककनी हानिएपछि...
 
नुवाकोट, २५ भदौ । आइतबार मात्र चार दिने भारत भ्रमण सकेर फर्किएका नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष प्रचण्डले सोमबार प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीलाई बालुवाटारमा भेटे  । उनले प्रधानमन्त्री ओलीसँग भेट मात्र गरेनन् पार्टी एकता टुङ्ग्याउने विषयमा कुराकानी पनि गरे । उनले प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि बुधबार सचिवालयको बैठक बस्ने, पार्टी कमिटी र जबज मोर्चा एकताबारे टुंगो लगाउने सहमति भयो । त्यसपछि ‘प्रचण्ड’ आजै आरामका लागि भन्दै पर्यटकीयस्थल ककनी हानिए ।  
नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पनि सो कुराको पुष्टि गरे । उनले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा बसेको जानकारी दिए । उनका अनुसार प्रचण्ड मङ्गलबार बिहान राजधानी फर्कने छन् ।  
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार