कविता: "मरुभुमिमा पानी"

कविता: "मरुभुमिमा पानी"

पुजा वागीश

 

 

चाहना त थियो उसको,

आमालाई हसाउने..

आफ्नै जन्मभुमिमा सानो,

सन्सार बसाउने..

खाएर खाना मीठो,

आमाको हातको

हरेक दिन रात मेटाइ,

तृष्णाको प्यास त्यो

सपना त थियो उसको,

दुनियाँलाई देखाउने

शिर उचो बनाइ सधै,

बाबालाइ हिडाउने

हिजोलाई लत्याइ नयाँ,

आजलाइ रोजिरहेछ...

कठै ! उ हेर आज मरुभुमिमा पानी खोजिरहेछ!

आकाशमा उडेको प्लेन हेर्दै,

पाइलट बन्छु म भन्थ्यो..

रोगी बाजेको नाडी छाम्दै,

डाक्टर हुन्छु म भन्थ्यो..

खाइ र नखाइ जसोतसो,

दिन त दियौं शिक्षा

बेरोजगारीले लियो,

र पो अग्निपरिक्षा

बन्द बाकसले उसका,

प्रमाणपत्र बोकिरहेछ....

कठै ! उ हेर आज मरुभूमिमा पानी खोजिरहेछ!

छुटेका पसिना शिरका,

भुइँ पुगिरहदा..

आफ्नोपन र मायाको,

भिख मागिरहदा..

तातो बालुवाले पैताला पोलेपनी

धड्कनले देशको नाम बोलेपनी

खुशी छौ हैन भन्दै अन्तर

आत्मालाई सोधिरहेछ.....

कठै ! उ हेर आज मरुभूमिमा पानी खोजिरहेछ!

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार