गौतमको ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ सार्वजनिक

गौतमको ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ सार्वजनिक

न्यूयोर्क । संयुक्त राष्ट्रसंघका पूर्व कूटनीतिज्ञ कुलचन्द्र गौतमको पुस्तक न्यूयोर्क शहरमा सार्वजनिक गरिएको छ । गत बुधबार युनिसेफको न्युयोर्कस्थित कार्यालयमा गौतमको पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ सार्वजनिक गरिएको हो ।

गत महिना नेपालमा विमोचन भएको उक्त पुस्तकमा गौतमको जीवनयात्रा समेटिएको छ । उक्त पुस्तकमा २००४ सालमा गुल्मीको विकट गाउँ अमरपुरमा जन्मिएका गौतम कसरी युनिसेफ हुँदै संयुक्त राष्ट्रसंघको उपमहासचिव बने भन्ने उल्लेख गरिएको छ । ‘मेरो संघर्ष र यात्रा नेपाली साथीहरुका लागि नौलो नलाग्न सक्छ तर मलाई केहीले भनेका छन् कि यो यात्रा गैर नेपालीलाई रुचिकर हुन सक्छ,’ गौतमले भने ।

कार्यक्रममा युनिसेफ अमेरिकाका सीईओ कार्ल एम.स्टर्नले आफूले युनिसेफमा करियर शुरु गर्दा गौतमले ट्रेनिङ दिएको बताइन् । त्यस्तै, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जनकुमार कार्कीले गौतमले नेपालको प्रजातन्त्र प्राप्तिका लागि गरेको योगदानको चर्चा गरे ।

कार्यक्रममा पुस्तक विक्रीबाट उठेको रकम युनिसेफअन्तर्गत नेपालको महिला शिक्षाको क्षेत्रमा खर्च गरिने जानकारी दिइएको थियो ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार