तामाङ समाज अमेरिकाको कार्यालय स्थापना

तामाङ समाज अमेरिकाको कार्यालय स्थापना

न्यूयोर्क । तामाङ समाज अमेरिकाको केन्द्रीय कार्यालय नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत पुष्पराज भट्टराईद्वारा समुद्घाटन गरिएको छ । नेपाली डायस्पोराका सामुदायिक गतिविधिलाई पुनर्परिभाषित गर्ने उद्देश्यले शनिबार तामाङ समाजको कार्यालय स्थापना गरिएको हो ।

कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत भट्टराईले नेपाली डायस्पोराका संघसंस्थाले परम्परागत शैलीभन्दा फरक ढंगले आफ्नो गतिविधि सञ्चालन गर्नुपर्ने र प्रवासमा नेपालीहरुले एकता प्रदर्शन गर्नुपर्ने सुझाएका छन् ।

कुनै कालखण्डमा कुनै व्यक्ति वा शासकले गरेको त्रुटीलाई मुद्दा बनाएर वर्तमानमा त्यसको क्षतिपूर्ति खोज्नुभन्दा के–कसरी समाजलाई अग्रगामी बनाउन सकिन्छ, त्यसबारेमा डायस्पोराका आदिवासी जनजाति संघसंस्थाहरु लागिपरेमा हाम्रो समाज द्रुत गतिमा समृद्ध बन्न सक्ने भटराईको धारणा छ । यो संस्थाले नेपाली डायस्पोराका संघसंस्थासँग हातेमालो गर्दै सामुदायिक गतिविधिलाई पुनर्परिभाषित गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्थाकी अध्यक्ष सानुमाया तामाङले बताइन् ।

नयाँ शैली र नयाँ आयामबाट तामाङ समाज अमेरिकाले नेपाली डायस्पोरामा आफ्नो नेतृत्व स्थापित गर्ने र स्थानीय मूलधारको राजनीतिमा समावेश गर्न हाम्रो दोस्रो पुस्तालाई सक्रिय तामाङ समाज अमेरिकाले भूमिका खेल्ने उनको भनाइ छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार