सीमा विवादका बिषयमा प्रधानमन्त्रीलाई प्रशिक्षण

सीमा विवादका बिषयमा प्रधानमन्त्रीलाई प्रशिक्षण

काठमाडौँ, भदौ २८ । नेपाल–भारतको सीमाका बिषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा एक कार्यक्रम आज हुँदैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने छलफल बिहान साढे १० बजेका लागि बोलाइएको छ ।

नेपाल–भारत सीमामा बारम्बार भएका विवादका बिषयमा नापी विभागले प्रधानमन्त्री ओलीलाई प्रशिक्षणसहित जानकारी दिने तयारी गरेको छ । आजको कार्यक्रममा नेपाल–भारतको पहिले नक्सांकनका आधारमा छुट्याइएको सीमाना र अहिलेको विवादित बनेका ठाउँका बिषयमा प्रशिक्षण दिइने भएको हो ।

सीमा विवाद नसुल्झिएकै कारण नाकामा बस्ने नेपालीले सास्ती खेप्नुपरेको छ । आजको कार्यक्रमले सीमा नाकाको बिषयमा ठोस उपलब्धि हासिल गर्ने अपेक्षा राखिएको छ । नापी विभागको प्रशिक्षणपछि प्रधानमन्त्री राय प्रस्तुत गर्ने उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

 

 

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार