वीरगञ्जका मेयर विजयले यसकारण दिएका रहेछन् उपेन्द्रको पार्टीबाट राजिनामा

वीरगञ्जका मेयर विजयले यसकारण दिएका रहेछन् उपेन्द्रको पार्टीबाट राजिनामा
  
काठमाडौँ, भदौ २९ ।  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री छन् ।  सोही पार्टीबाट वीरगञ्ज महानगरपालिकाको मेयर निर्वाचित  विजय सरावगीले भने अहिले आफू विजयी भएको पार्टीसँगै असन्तुष्टि जनाएर पार्टीबाटै राजिनामा दिएपछि सो पार्टीभित्र खैलाबैला भएको छ ।  राजनीतिक भन्दा पनि व्यापारिक पृष्ठभूमिका सरावगीलाई मेयरको टिकट दिदाँ त्यतिबेलै पनि संघीय समाजवादी फोरममा असन्तुष्टि बढेको थियो ।  
व्यापारिक पृष्ठभूमिका सरावगीले त्यतिबेलै पनि राम्रै पैसा खर्च गरेर टिकट लिएको चर्चा चलेको थियो । अहिले तिनै सरावगीले पार्टीबाट अनावश्यक दवाव आएको भन्दै राजिनामा दिएका हुन् । जानकारी अनुसार उनले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् । नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार