निर्मलालाई सम्झिदैं अर्विङमा दिप प्रज्ज्वलन

निर्मलालाई सम्झिदैं अर्विङमा दिप प्रज्ज्वलन
विश्व न्यूज संवाददाता
अर्विङ (टेक्सस) । 
बलात्कार पछि हत्या गरिएकि कन्चनपुरकी १३ बर्षिया निर्मला पन्तको परिवारलाई न्याय दिनका लागि माग गर्दै  टेक्सस डलासका नेपालीले अर्विङमा दिप प्रज्ज्वलन गरेका छन् । नेपाली समाज टेक्सस र सुदरपश्चिम नेपाली समाजको संयुक्त आयोजनामा श्रदाञ्जली सभा तथा दिप प्रज्ज्वल गरिएको थियो । 
पन्तको हत्यामा संलग्नलाई खोजी गरी कानुनी दायरामा ल्याउन माग गर्दै कार्यक्रममा श्रदाञ्जली मन्तव्य व्यक्त गर्दै वत्ताहरुले नेपालमा भैरहेको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए । सुदुर पश्चिम नेपाली समाजका महासचिव भोजवहादुर वलायरले संचालन गरेको श्रदाञ्जली कार्यक्रममा गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील शाह, नेपाली समाज टेक्ससका महासचिव भक्त भण्डारी, सुदुर पश्चिम नेपाली समाजका अध्यक्ष प्रेम शाहीले  पिडितलाई न्यायदिन सरकार चुकेको भन्दैं सरकार गम्भिर बन्नुपर्नेमा जोड दिए ।
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार